बिहीबार, १७ चैत, २०७३
OnlineKhabar.com

हिमालयन बैंकले सेयरधनीलाई ३१ प्रतिशत बोनस दिने

अनलाइनखबर

himalayan-bank-agm
२२ पुस काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३० प्रतिशत बोनस शेयर र १.५७ गरि कुल ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको हालै सम्पन्न भएको चौबीसौं वाषिर्क साधारण सभाले यो प्रस्ताव पारित गरेको छ ।

यो बोनस शेयरको वितरणपश्चात बैंकको चुक्ता पँूजी ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५ सय पुग्नेछ ।

साथै २३ औं वाषिर्क साधारण सभावाट पारित भए अनुरुप हाल जारी भइ बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पँूजी ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५ सय पुग्ने अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिए ।

२०७३ पुष २२ गते १८:३८ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this