+
+
Shares

अब आयोजना शुरु गर्नु अगावै शुल्क तिर्न नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते १५:०९

२४ पुस, काठमाडौं । आयोजना सुरु गर्नु अगावै लगानी बोर्डलाई शुल्क तिर्नुपर्ने व्यवस्था रद्द भएको छ । बोर्डले छलफलका क्रममा लिनेे शुल्कको व्यवस्था हटाउने निर्णय गरेको हो ।

lagani-boardआयोजनाले कुल लागतको शून्य दशमलव दुई प्रतिशत लगानी बोर्डलाई शुल्क तिर्नु पर्दछ । यस्तोको ३० प्रतिशत शुल्क आयोजना शुरु हुनअघि नै तिर्नुपर्ने व्यवस्था थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार बसेको बोर्डको बैठकले यो व्यवस्था हटाउने निर्णय गरेको छ ।

शुल्क निर्धारण गर्नुअघि नै प्रस्ताव पेश भएका आयोजना अघि बढाउन लागत शुल्क बाधक भएको भन्दै विकासकर्ताले बताएपछि बोर्डले तत्कालका लागि शुल्क तिर्नुपर्ने व्यवस्था स्थगित गरेको लगानी बोर्डका प्रमुख कार्याकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

अधिकारीले भने, ‘यो शुल्कका कारण कैयन बिकासकर्ताहरुले छलफलमै आउन चाहेनन्, बाधक देखियो, त्यसैले हटाइदिने निर्णय गरेका हौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?