Comments Add Comment

‘डाउन’ भएको यातायातको सर्भर सुचारु

yatayat-karyalaya-ekantakuna-4
३ माघ, काठमाडौं । यातायात व्यवस्था कार्यालय बाग्मतीको लाइसेन्स कार्यालय एकान्तकुनाको सर्भर डाउन भएर अाएको समस्या हल भएको छ । सोमबार अनलाइन सर्भर डाउन भएपछि काठमाडौंमा सोमबार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र त्यससँग सम्बन्धित सबै काम रोकिएको थियो ।

विहान सेवाग्राहीले विभागको लापरवाहीका कारण सास्ती भोग्नुपरेको भन्दै कार्यालय परिसरमै विभाग र कर्मचारीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

विभागका कम्प्युटर इञ्जिनियर राजकुमार महर्जन नेतृत्वको प्राविधिक टोलीले दिउँसोभर लगातार मिहेनत गरेर सर्भरको समस्या हटाएको छ । ‘हामीले सर्भरलाई सुचारु गरेका छौं । अब सेवामा कुनै समस्या आउँदैन’ महर्जनले भने ।

विभागका महानिर्देशक चन्द्मान श्रेष्ठले सर्भरको क्षमता बढाउन आजैमात्रै थप प्रविधि जडान गरिएको जानकारी दिए ।
उनले सेवाग्राहीलाई समस्या नहोस् भनेरै तत्काल निर्णय गरेर ३ वटा सर्भर थपिएको बताए । अब सेवग्राहीले विभागका कार्यालय सास्ती नपाउने दावी श्रेष्ठले गरे ।

शुक्रबार पनि यसैगरी प्रभावित भएको काम आइतबार भने सामान्य रुपमा सुचारु भएको थियो । उनीहरुले विभाग प्रति तीव्र आक्रोश पोख्दै अनियमितताका लागि गरिएको षडयन्त्रको संज्ञा दिएका दिएका थिए ।

विहान विभिन्न कामका लागि एकान्त्कुना पुगेका झण्डै ३५ सय सेवाग्राहीलाई त्यसै फर्काउनुपरेको थियो । सर्भरले काम नगरेपछि डाटा इन्ट्री नहुँदा आइतबारसमेत ट्रायल प्रभावित भएको थियो ।

यातायात ब्यवस्था विभागमा अहिले २ जना मात्रै कम्युटर इञ्जिनियर छन् । जनशक्ति थप्नेतर्फ विभागले ध्यान नदिँदा यस्तो समस्या आउने गरेको छ ।

स्मार्ट लाइसेन्स र इम्बोस्ड प्लेट जस्ता नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरिसकेको विभागले अनलाइन फारम भर्ने सिस्टम पनि सुरु गरेको छ । तर, दक्ष जनशक्तिको अपर्याप्तताकै कारण यी सबै आधुनिक सिस्टमहरु असफल हुने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment