Comments Add Comment

राकुराले एकैपटक सार्वजनिक गर्‍यो ८ नयाँ स्वादका चिया

rakura-tea-4
५ माघ, काठमाडौं । हिमाल चिया उद्योगले एकैपटक ‘राकुरा’ ब्राण्डका ८ प्रकारका नयाँ चिया सार्वजनिक गरेको छ । चियालाई थप स्वादिलो र उपभोक्ता लक्षित गर्दै उच्च गुणस्तरसहित ‘राकुरा २.०’ सार्वजनिक गरिएको हो ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नयाँ स्वाद र गुणस्तरका चिया सार्वजनिक गरिएको हो । मूख्य रुपमा अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी सार्वजनिक गरिएको चिया नेपाली उपभोक्ताले झनै रुचाउने कम्पनीको विश्वास छ ।

कम्पनीले हिमालयन अर्गानिक ग्रीन टि साइट्रस फ्रुट, केमोमाइल, पेपरमिन्ट चिया बजारमा ल्याएको हो । यस्तै हिमालयन अर्गानिक ब्ल्याक पीच, अर्गानिक अर्ल ग्रे, अर्गानिक लाइट ग्रीन र इंग्लिस ब्रेकफास्ट तथा अर्गानिक ग्रीन टी बजारमा ल्याइएको हो ।

rakura-tea-2
प्राकृतिक रुपमा शुद्ध अर्गानिक विशेषता बोकेका चियाहरु बजारमा आएका कम्पनीका प्रबन्ध निर्देशक निराज राठीले बताए । त्यसैले स्वास्थ्यका दृष्टीले यि चियाहरु निकै उत्कृष्ट मानिएको छ ।

‘यि चियाले नेपालीको शुद्ध र स्वस्थ चिया पिउने बानीलाई अझ विकास गर्नेछन्’ राठीले भने,’गुणस्तरीय चिया पिउन महंगो रकम खर्च गर्नुपर्छ भन्ने भ्रम पनि राकुराले चिर्दैछ ।’

राठीले अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ भएका चियालाई यसले कडा टक्कर दिन सकेको भन्दै सुन्तुष्टी ब्यक्त गरे ।

अन्तर्राष्ट्रिय बजारमा फैलिँदै

पछिल्लो समयमा राकुरा चिया नेपाली चिया बजारमा निकै रुचाइएको छ । यसले आफ्नो बजार हिस्सा बढाउँदै लैजाने क्रममा अहिलेसम्म २२ किसिमका चिया उपभोक्तामाझ ल्याइसकेको राठीले बताए ।

niraaj-rathi
सार्वजनिक गरिएका चियाहरु काठमाडौंमा सयभन्दा बढी डिपार्टमेन्टल स्टोरहरुबाट बिक्री सुरु भएको छ । यि चियाको मूल्य प्रतिप्याकेट १ सयदेखि १६० रुपैयाँ मात्रै छ । यही गुणस्तका विदेशी चियाको मूल्य बजारमा यो भन्दा निकै महंगो छ ।

राकुराका पारखीलाई नयाँ ८ चियाहरु पनि उत्कृष्ट विकल्पका रुपमा आएको छ । कम्पनीले फिलिपिन्स आफ्नो ब्रान्डलाई  बलियो स्थापित गर्ने क्रममा छ । प्रबन्ध निर्देशक राठीले संयुक्त अधिराज्य (युके)मा राकुरा चियाले आफ्नो ब्राण्डलाई फैलाउँदै लगेको जानकारी दिए । अब अष्ट्रेिलया र अमेरिकासहित चीनमा पनि यसले बजार विस्तार गर्ने तयारी गरिरहेको छ ।

rakura-tea-3
‘हाम्रो उत्पादनलाई स्विेशमा मात्रै होइन, विदेशमा पनि उत्तिकै रुचाइएको छ’ राठीले भने,’यो गुणस्तरको चिया नेपालमा सुलभ मूलयमा उपलब्ध गराउने हामी एकमात्रै कम्पनी हौं । त्यसैले हामी नेपालमा नम्बर १ स्पेशियलिटी टी भएका छौं ।’

‘हिमालयन क्षेत्रमा उत्पादित चियाको माग निरन्तर बढिरहेको छ, त्यसैले अन्य दशेमाहरुमा पनि हामी प्रवेश गर्दैछौं’ उनले भने । अमेजनमा पनि राकुराको बिक्री सुरु भइसकेको छ ।

गुणस्तरमा प्रतिवद्ध

हिमाल चिया उद्योग प्रालिको इलामको मालुङ, झापाको हल्दिबारी र दमकमा चिया उद्योग छ । यसको आफनै चिया बगान पनि छ ।

rakura-tea-new-8-flavour
कम्पनीले धेरै वर्षको वर्षको अध्ययन, अनुसन्धानपश्चात् अत्याधुनिक प्रविधिबाट चिया उत्पादन गरेको हो । कम्पनीले गुणस्तरीयतालाई मूल मन्त्र बनाएर उत्पादनलाई निकै ध्यान दिएको छ ।

उत्पादित चियालाई गन्धरहित फिल्टर पेपर, सर्जिकल ग्रेड एन्टिमाइक्रो बियल अल्मुनियम वायर, ब्लिचिङ नगरिएको शुद्ध सुतीको धागो तथा फूड ग्रेड ट्यागसमेत प्राकृतिक फाइबरबाट बनाइएको छ ।

यसको प्याकिङ सबै किसिमले निकै आकर्षक तथा सुरक्षित छ । त्यसैले पनि यो चियाले आकर्षक बजार लिन सकेको कम्पनीको दावी छ ।

rakura-root

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment