Comments Add Comment

मुआब्जा विवादले काठमाडौंको सडक विस्तार अलपत्र

kalanki-sadak-bistar६ माघ, काठमाडौं । स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकाको सडक विस्तार योजना अलपत्र परेको छ । कतै स्थानीयले सीधा अवरोध पुर्‍याइरहेका छन् भने कतै अदालतको स्टे अर्डरका कारण सडक विस्तार अलपत्र परेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ढोलाहिटी–सुनाकोठी–चापागाउँ (७.२ किलोमिटर) सडक, त्रिपुरेश्वर–कालिमाटी–नागढुंगा (१२ किलोमिटर) सडक, चाबहिल–जोरपाटी–साँखु (१२ किलोमिटर) सडक, जोरपाटी–गोकर्ण–सुन्दरीजल (८ किलोमिटर) सडक, कर्मतारा खोला–हरिसिद्धि–ठैब (४ किलोमिटर) सडकको विस्तार कार्य स्थानीयको अवरोधका कारण अवरुद्ध छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आयोजनाका प्रमुख दीपक केसीका अनुसार केही सडकखण्डमा त स्थानीयले प्रवेशसमेत गर्न दिएका छैनन् ।

सबैलाई एक–एक मिटरको दरले मुआब्जा वितरण गरिए उक्त सडकखण्डमा मात्रै १५७४ रोपनी जग्गाको मुआब्जा दिनुपर्छ । प्रतिआना न्यूनतम १० लाख दरले सबैलाई मुआब्जा दिइए २५ अर्ब तत्काल आवश्यक हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment