Comments Add Comment

पत्रपत्रिकाको फ्रन्टपेजः स्थानीय निर्वाचन वैशाख ३१ गते

१० फागुन, काठमाडौं । सरकारले स्थानीय निर्वाचन वैशाख ३१ गते गर्ने घोषणा गरेको समाचारलाई फरक-फरक शीर्षकमा मंगलबार प्रकाशित सबै दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् । त्यस्तै सरकारले १४ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको समाचारले  पनि पत्रपत्रिकाको फ्रन्टपेजमा स्थान पाएको छ ।

यससँगै पूर्ण स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउन उच्चस्तरीय समितिले सरकारलाई सुझाव दिएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्वका साथ प्रकाशित गरेको छ । पहिरोले बीपी राजमार्ग अवरुद्ध भएकोलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट् दैनिकले मलेसियामा मृत्युदण्ड सुनाइएका नेपालीको पीडासमबन्धी समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

नागरिक दैनिकले १ सय १३ अर्ब रुपैयाँ बजेट खर्च नहुने पक्का भएको समाचारलाई महत्व दिएको छ । बीपी राजमार्ग भासिएको समाचारलाई कान्तिपुर दैनिकले प्राथमिकता दिएको छ ।

राजधानी दैनिकको फ्रन्टपेजमा राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित भएको समाचारले स्थान पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment