Comments Add Comment

प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकको हकप्रद स्वीकृत

१२ फागुन, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेशनलले प्रस्ताव गरेको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको छ ।

धितोपत्र बोर्डले दुवै कम्पनीलाई विहीबार हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो । प्रभु इन्स्योरेन्सले २ बराबर १ अनुपातमा हकप्रद जारी गर्दैछ भने कम्पनीलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ दिएको छ । प्रभुको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नै रहेको छ ।

यता, सिटिजन्स बैंकले १० बराबर २.५ अनुपातमा हकप्रद जारी गर्ने भएको हो । बैंकको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment