मंगलबार, १५ चैत, २०७३
OnlineKhabar.com

नेको इन्स्योरेन्स अमेरिकी साझेदार भित्र्याउने सोचमा

अनलाइनखबर


७ चैत, काठमाडौं । अमेरिकी साझेदार भित्र्याउने प्रक्रियाको लागि नेको इन्स्योरेन्सले विशेष साधारण सभा डाँकेको छ ।

चैत गते हुने विशेष साधारण सभामा कम्पनीले बैदेशिक रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव लैजाने भएको छ ।

गैर आवासीय नेपाली तथा व्यवसायी उपेन्द्र महतोको समेत लगानी रहेको यस कम्पनीले साझेदार भित्र्याउँन आन्तरिक तयारी शुरु गरिसकेको बुझिएको छ ।

सभामा कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ५१ र ४९ मा ल्याउने उदेश्य प्रस्ताव समेत लैजादै छ ।

२०७३ चैत ७ गते १२:५६ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this