Comments Add Comment

बाँकी ३ महिनामा लक्ष्य अनुसार राजस्व असुल गर्न अर्थमन्त्रीको निर्देशन


१० बैशाख, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार अर्थमन्त्रालयमा भएको छलफल कार्यक्रममा ३ महिनाको अवधिमा लक्ष्य अनसार राजस्व संकलन गर्न निर्देशन दिएका छन् ।

आइतबार प्रथम नौ महिनाको राजस्व प्रगति समिक्षा गर्न अर्थ मन्त्रालयमा मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा. पुण्यप्रसाद रेग्मी , अर्थ मन्त्रालयका पदाधिकारीहरु, राजस्व संकलनसँग सम्बन्धित विभागका प्रमुखहरु र काठमाडौ उपत्यकास्थित कार्यालयका प्रमुखहरुबीच छलफल भएको हो ।

मुलुकको संघीय प्रारुप कार्यान्वयनको लागि हाल परिचालन भएको भन्दा निकै बढि राजस्व परिचालन गर्नुपर्ने आवश्यकता रहेकोले समग्र राजस्व प्रणालीमा गर्नुपर्ने सुधारको विषयहरुलाई आत्मसाथ गर्दै राजस्व परिचालनलाई सुदृढ वनाउने तर्फ अग्रसर हुन पनि अर्थमन्त्री महराले निर्देशन दिए ।

मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार रेग्मीले बजार अनुगमन एबं भन्सार गस्तिलाई चुस्त र दुरुस्त बनाउनुपर्ने, राजस्व चुहावटलाई निरुत्साहित गर्न सशक्त संयन्त्र निर्माण गर्नुपर्ने र राजस्व परिचालन एबं चुहावट नियन्त्रणसँग सम्वद्व विद्यमान समस्याहरुको वस्तुगत विश्लेषण गरी नतिजामूलक कार्यसम्पादन गर्नुपर्ने विचार राखे ।

अर्थ सचिव डा। शान्तराज सुवेदीले आयात तर्फको समस्या महशुल भन्दापनि वस्तु वर्गिकरण भएकोले वस्तु घोषणा र वर्गिकरणलाई वास्तविक बनाउन लागि पर्नुपर्नेमा जोड दिए । उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७३ ले औंल्याएका विषयहरुको सम्वोधन हुनेगरी कार्यसम्पादन गर्न, राजस्व अनुसन्धान विभागबाट हुने अनुसन्धानलाई पूंजिगत लाभकर तर्फ समेत केन्द्रित गर्नुपर्ने बताए ।

मुल्य अभिविद्ध करको संकलन कमजोर हुंदै गएकोले कर कानुनको परिपालना, विभागीय अनुगमन एबं करको दायरा विस्तारमा समेत जोड दिन सचिव सुवेदीले राजस्व संकलनसँग सम्बन्धित विभागहरुलाई निर्देशन दिए ।

सरकराले राजस्व संकलनमा अपेक्षाकृत प्रगति भएको भन्दै बजेटको अद्र्धबार्षिक समिक्षामा राजस्व संकलन लक्ष्य संशोधन गरेर ५ खर्ब ७९ अर्ब हुने प्रक्षेपण गरेको थियो । संशोधन अघि चालु आवमा कुल ५ खर्ब ६५ अर्ब राजस्व संकलन हुने लक्ष्य राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment