शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

जेठ ६ मा ‘वर्डक्याम्प काठमाडौं-२०१७’ हुँदै

अनलाइनखबर


३० बैशाख, काठमाडौं ।  संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धी एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प काठमाडौं-२०१७” को आयोजना आगामी जेठ  ६ गते काठमाडौंमा हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह – वर्डप्रेस नेपालद्धारा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

एक तथ्यांकआनुसार  विश्वका सम्पूर्ण वेबसाईटमध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाईएको हुन्छ ।

यस संस्करणको वर्डक्याम्प माइतीघरस्थित कार्की ब्यान्केटमा आयोजना हुनेछ । कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुका  बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन । कार्यक्रम वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनि, सूचना प्रबिधिमा करियर बनाउन खोजेका बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका अर्जुन सिंह ठकुरीले जानकारी दिए ।

कार्यक्रममा २५० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रमलाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् ।

कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने हुनाले वर्डक्याम्प को यो संस्करण महत्वपुर्ण हुने बताईएको छ ।

संसारभरी नै विभिन्न देश र शहरहरुमा हरेक बर्ष आयोजना हुने वर्डक्याम्पका विभिन्न संस्करणहरुले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने लाखौलाई जोड्ने र  यस क्षेत्रका आफ्नो पेशा / व्यवसाय शुरु गर्न चाहनेहरुको लागि मार्ग निर्देशन दिने गरेको जानकारी पनि ठकुरीले दिए ।

२०७४ वैशाख ३० गते १२:४८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this