Comments Add Comment

गाईको भोट हलगोरुलाई ! बदर मतले वडाध्यक्ष गुम्यो

११ जेठ, काठमाडौं । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो हलगोरु । सो पार्टीसहित ६ मधेसी पार्टीले एकता गरेर राजपा नेपाल गठन गरेका छन् । चितवनमा हलगोरु चिह्न लिएका कुनै पनि उम्मेदवार उठेका थिएनन् । तर, मतदाताले उम्मेदवार नै नभएको चिह्नमा गाई सम्झेर मत हालेका छन् ।

हलगोरुसँग मिल्दोजुल्दो चुनाव चिह्न राप्रपाको छ । जसले गर्दा गाईलाई दिने भोट झुक्कएर मतदाताले हलगोरुमा हालेको राप्रपाको दाबी छ । यसपटक एकै खालको चुनाव चिह्नका कारण मतदाता झुक्किएको चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले स्वीकारे ।

माडी नगरपालिकाको मेयरमा ठूला पार्टी सरह नै मत ल्याउन सफल राप्रपाले चुनाव चिह्नकै कारण वडाध्यक्ष पद गुमाउनु परेको छ । माडी नगरपालिकाको वडा नं. १ मा ५७ भोट हलगोरुलाई जाँदा त्यस वडाका राप्रपाका उम्मेदवार दोस्रो भए । राप्रपाका उम्मेदवारले ४ सय ४८ मत ल्याएका थिए । एमाले उम्मेदवार ४ सय ७३ मत ल्याएर विजयी भए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment