Comments Add Comment

रसुवागढी–केरुङ नाकाः वारि झलमल्ल, पारि अलमल

७ असार, काठमाडौं । रसुवागढीलाई नेपालसँगको व्यापारिक नाका बनाउने उद्देश्यसहित चिनियाँ पक्षले पूर्वाधार निर्माण तीव्र पारे पनि नेपाल पक्ष भने सुस्त देखिएको छ ।

भूकम्पले तातोपानी नाका अवरुद्ध बनाएपछि र भारतीय नाकाबन्दीका कारण रसुवागढीलाई विकास गर्ने योजना बनेको थियो । त्यसका लागि नेपाल पक्षबाट गरिनुपर्ने तयारी सुस्त देखिएको नागरिकले लेखेको छ ।

संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले रसुवागढी नाकालाई प्राथमिकता दिएर चिनियाँ पक्षले गरेको कामले आश्चर्यचकित बनाएको जनाए । ‘नेपाल मात्रै होइन, भारतसहित दक्षिण एसियामा नै व्यापार विस्तार गर्ने योजनासहित रसुवागढी नाकालाई प्राथमिकतामा राखेको यहाँ (केरुङ) निर्माण भइरहेको भौतिक पूर्वाधारले पनि देखाएको छ,’ अधिकारीले भने, ‘तर, नेपालतर्फ अहिलेसम्म बाटोसमेत राम्रो बन्न सकेको छैन । हामी भौतिक संरचना र पूर्वाधारको काममा निकै पछाडि परेका छौं ।’

नेपालतर्फ पनि केरुङमा झैं विकास र भौतिक संरचनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment