Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः घर्कंदै चुनाव तयारीको समयसीमा

८ साउन, काठमाडौं । आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषयलाई प्राथमिकतामा राखेर खबर पस्केका छन् । संसदीय समितिबीच कार्यक्षेत्र विवाद भएकादेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठेका विषयसम्मलाई आजका पत्रिकाहरुले लेखेका छन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावको पूर्वाधार तयारीका लागि निर्वाचन आयोगले दिएको समयसीमा नाघ्दै गएकोबारे पनि पत्रिकाहरुले लेखेका छन् ।

२ नम्बर प्रदेशमा कांग्रेस केन्द्रित हुने विषयलाई मुख्य खबर बनाएको गोरखापत्र दैनिकले माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर दुई डिजिटमा झार्न लागेकोलगायतका खबर लेखेको छ ।

नेपाली कांग्रेस कार्यसमिति बैठकमा उठेका विषयलाई कान्तिपुर दैनिकले प्राथमिकताका साथ आज लेखेको छ । कान्तिपुरमै कर फछ्र्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर बिनाहा गरेको खबरलाई पनि आज छापेको छ ।

साझा प्रकाशनभित्रको बेथितिलाई नागरिक दैनिकले आज उधिनेको छ भने राजधानी दैनिकले माओवादी केन्द्रले वाईसीएल ब्युँताउन लागेको लेखेको छ ।

नयाँ पत्रिका दैनिकले संसदीय समितिबीचको कार्यक्षेत्र विवादलाई मुख्य खबर बनाएको छ भने अन्नपूर्ण पोस्ट दैनिकले प्रचण्ड नेतृत्वको माओवादीले पनि संसदवादलाई नै अँगालेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment