Comments Add Comment

वाईसीएल ब्युँताउँदै माओवादी केन्द्र

८ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ब्युँताउने भएको छ । माओवादी केन्द्रले वाइसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने निर्णय समेत गरेको आजको राजधानी दैनिकले लेखेको छ ।

शान्ति प्रक्रियामा आएलगत्तै लडाकुलाई शिविरमा सारिएपछि माओवादीले अर्धसैन्य दस्ताका रुपमा वाईसीएल गठन गरेको थियो । देशभरका युवालार्य समेटेर संगठन निर्माण गरेलगत्तै अर्को दल एमालेले पनि यस्तै प्रकृतिको युथ फोर्स गठन गरेको थियो । दुवै संगठन अस्तित्वमा आएसँगै दुई पक्षीय भीडन्तका साथै युवा संगठनका नाममा ज्यादती बढेपछि दुवै पार्टीले आफ्ना संगठन निष्क्रिय पारेका थिए ।

तर, माओवादी केन्द्रले पुनः वाईसीएललाई सक्रिय बनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment