Comments Add Comment

जापानमा दुर्घटनामा परी नवलपरासीका हृदेशको मृत्यु

२४ जुलाई, टोकियो । उच्च शिक्षा अध्ययनका लागि जापान आएका एक जना विद्यार्थीको दुर्घटनामा परी मृत्यु भएको छ ।

जापानको गुन्माकेन बस्दै आएका नवलपरासीका ३१ बर्षीय हृदेश जि.सीको उपचारको क्रममा मृत्यु भएको एनआरएन जापानका उपाध्यक्ष टासी लामाले अनलाईनखबरलाई जानकारी दिए ।

आइतबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जि.सीको ओटाकोस्थित सुबारु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जि.सी शरणार्थी आवेदक रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment