Comments Add Comment

मेगा बैंकको नाफा कटेन अर्ब, ७९ करोडमा सिमित


२७ साउन, काठमाडौं । गत आव २०७३/७४ मा मेगा बैंकको नाफा करिब ४३ प्रतिशतले बढेर ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ५५ करोड रहेको थियो ।

 

बैंकको खुद व्याज आम्दानी ५३ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ७ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १७ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 

बैंकले यसअघि नोक्सान वापत राखेको ३ करोड ५९ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि १ अर्ब ७८ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.३६ प्रतिशत रहेको छ भने प्रावधान १ सय २३ प्रतिशत गरेको छ ।

 

बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल सामान्य घटेको छ । यो दर १६.८८ प्रतिशत छ । प्रतिसेयर आम्दानी १७.२७ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती १ अर्ब २८ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग १३.६४ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

 

बैंकको निक्षेप संकलन २६ प्रतिशतले बढेर ३८ अर्ब र कर्जा लगानी २६ प्रतिशतले बढेर ३४ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७०.०५ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १४.८७ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय २७.९७ रुपैयाँ रहेको छ ।

 

बैंकको कर्मचारी लागत १० करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब ७ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा १७ अर्ब ८५ करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment