Comments Add Comment

अष्ट्रेलियामा ढकमक्क फुल्दै नेपाली संस्कृति

सिड्नी । बहुसंस्कृतिक मुलुक अष्ट्रेलियामा नेपाली संस्कृति पनि यहाँको अभिन्न अंग बनिसकेको छ र अष्ट्रेलियाको बहुसांस्कृति पहिचानका लागि नेपाली संस्कृतिले पनि इँटा थपेको कुरा यहाँको सरकार तथा नेताहरुले स्वीकार गरिसकेका पनि छन् । त्यसैले त यहाँका नेताहरु नेपाली संस्कृतिसँग नजिक रहेर रमाउन थालेका छन् ।

दक्षिण अस्ट्रेलियाकी सांसद झिङ ली नेपाली चाडवाडमा नेपाली समुदायसँग रमाउन पाउनु आफ्नो जीवनकै खुसीको पल मान्छिन् । नेपालको भ्रमण गरिसकेकी लीले यसपटक दक्षिण अष्ट्रेलियामा पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई स्वागत गरिन् ।

एक वर्षअघि काठमाडौं जाँदा मित्रता गाँसेकी लक्की शेर्पा अहिले अष्ट्रेलियाकै लागि राजदूत बनेकी छन् । गत जुलाई तेस्रो साता अष्ट्रेलिया पुगेकी शेर्पालाई दक्षिण अष्ट्रेलियाका नेपाली र अष्ट्रेलियाली समुदायले भव्य स्वागन गर्‍यो ।

नेपाली संस्कृतिसँग नजिकको सम्बन्ध बनाउनेमा अस्ट्रेलियन लेबर पार्टीका नेता तथा संसद साम दस्तियारी पनि हुन् । उनकी सचिव एसा अम्जाद र हरिश भेल्जी पनि नेपालीहरुसँग नजिक रहन रुचाउँछन् ।

जुलाईको चौथो साताको बि्रसबेनको नेपाली जमघट, जुलाईको अन्तिम तथा अगस्तको पहिलो साता राजदूत शेर्पाको भिक्टोरिया भ्रमणले यहाँका नेपालीहरुलाई अझै प्रसन्न बनाएको छ । यसले दुई देशबीचको कुटनीतिक सम्बन्ध बलियो हुने विश्वास यहाँ रहेका नेपालीहरुलाई छ ।

मेलबर्नको नेपाली समाज तथा नेपाली समाजसँग सुदृढ सम्बन्ध बनाएको अस्ट्रेलियन सरकार तथा संसदका प्रतिनिधिहरुसँग राजदूत शेर्पाले गरेको भेटघाटमा अस्ट्रेलियन पक्षहरुले अस्ट्रेलियामा नेपाली सस्कृतिको निकै प्रसंशा गरेका थिए ।

भिक्टोरियाको एउटा पुस्तकालयको नेपाली सेक्सनमा पुगेर नेपाली किताब पल्टाउनेदेखि त्यहाँ सञ्चालित नेपाली भाषा पाठशालाका बिद्यार्थी तथा अभिभावकसँग भेटेपछि राजदूत शेर्पाले भनिन्, ‘अस्ट्रेलियामा अब नेपाली बालबालिकालाइ सम्भव भएसम्म उनीहरुका हजुरबा-आमाको पुस्तासँगै राखेर अन्तर्क्रिया गराउँदा आˆनो मौलिक संस्कृति पुस्तान्तर गर्न मद्दत मिल्छ, त्यसका लागि दूतावास यहाँको नेपाली समाजसँग मिलेर काम गर्न तयार छ ।’

भिक्टोरियाको नेपाली समाजका अभिभाबक तथा त्यहाँका महाबाणिज्यदूत चन्द्र योञ्जनले नेपाली भाषा, संकृति र सभ्यताको संरक्षण गर्न नेपाली दूतावासले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाली समुदायको तर्फबाट अस्ट्रेलियाको राज्य तथा जनस्तरमा पुरानो र मजबूत सम्बन्ध बनाएका योन्जन भन्छन, ‘अस्ट्रेलियाले नेपाली संस्कृतिलाइ उच्च सम्मान गरेको छ ।’

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले गरेको तीज कार्यक्रममा देखिएको पहिरन र भेषभूषले नेपाली संस्कृति अष्ट्रेलियामा कसरी परिस्कृत भइरहेको छ भनेर पुष्टि हुन्छ । सिड्नीमा महिलाहरुलाई सम्बोधन गर्दै राजदूत शेर्पाले नेपालमा भएका जनयुद्द, जनआन्दोलनजस्ता राजनीतिक आन्दोलनमा महिलाहरुको महत्वपूर्ण भूमिका भएको भन्दै प्रवासमा पनि आˆनो सस्कृति जोगाउन महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताइन ।

नेपाली सास्कृतिक विविधतालाई संरक्षण गर्ने क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने अर्को संस्था हो, आदीवासी जनजाती संघ, अष्ट्रेलिया । गएको शनिबार यस संस्थाले सिड्नीमा गरेको २३औं विश्व आदिबासी दिवसको कार्यक्रम अस्ट्रेलियामा ढकमक्क फुलेको नेपाली सास्कृतिक बिबिधताको फुलबारी बिचरण गर्ने मुख्य अवसर थियो ।

उक्त कार्यक्रमलाई अष्टे्रलियाको राजनीतिक नेतृत्वले पनि आफूलाई नेपाली आदीवासीमो मौतिक संस्कृतिसँग एकाकार गर्ने अवसरका रुपमा लिएको थियो । त्यस कार्यक्रममा महत्वपूर्ण पाटो यो थियो कि कार्यक्रमको मूख्य वक्ता राजदूत शेर्पा र विशिष्ठ वक्ता अष्ट्रेलियाली माथिल्लो सदनकी सांसद लिंदा बर्नी थिए । कार्यक्रमका मूख्य आकर्षण दुवैजना आदीवासी जनजाती हुन् ।

 

कार्यक्रममा सांसद लिंदाले भनिन्, ‘अष्ट्रेलियामा छिट्टो बिकास भइरहेको समुदायमा नेपाली समुदाय पर्छ र यो समुदाय आफ्नो बिबिध मौलिक सस्कृतिमा पनि समृद्द छ । म आगामी नोबेम्बरमा नेपाल भ्रमण गरेर नेपाल को बारेमा अझै धेरै बुझ्नेछु ‘

राजदूत लक्की शेर्पा अस्ट्रेलियामा ‘हार्मोनी डे’ मनाइएजस्तै नेपालमा पनि सबै जातजाति, आदिवासीहरुको संस्कृतिको सम्मान हुने गरी ‘हार्मोनी डे’ मनाउने चलन ल्याउदा झनै राम्रो हुने धारणा राखिन् ।

आयोजक सस्था नेपाली आदिबाशी जनजाति मन्च अस्ट्रेलियाका अध्यक्ष अरुण तामाङले नेपाली सास्कृतिक विविधतालाई संरक्षण गर्न प्रवासमा यस्तो कार्यक्रममा आयोजना गरिएको बताए । तामाङ, गुरुङ, मगर, छन्त्याल, थारु, मैथिली, शेर्पा, राजवंशीलगायत एक दर्जन भन्दा बढी भाषा तथा भेषभुषामा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

हाल अष्ट्रेलियामा नेपाली साहित्यमा पुस्तक लेखन, पत्रपत्रिका प्रकाशन, चलचित्र र म्युजिक भिडियो निर्माण तथा प्रदर्शन, नेपाली भाषा कक्षा संचालन, नेपाली पहिरन तथा गरगहनाको बिक्री वितरण, मौलिक नेपाली भोजनको प्रचार, अष्ट्रेलियामा बसाइँ सरेका नेपालका सबै जाति, जनजातिहरुका चाडपर्वको आयोजना तथा त्यसमा अष्ट्रेलियन सरकारका निकाय तथा जनताको गहिरो चासो बढ्नुले अष्ट्रेलियामा बहुसास्कृतिक नेपाली फुलबारी ढकमक्क फुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment