Comments Add Comment

लण्डनमा एनआरएन युकेका असन्तुष्टको छुट्टै भेला

बिमल क्षेत्री

रडिङ्ग । गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष महेन्द्र कंडेलको समूहले आइवार गरेको एक भेलालाई बेलायतबासी नेपाली समुदायले गाइजात्राको संज्ञा दिएका छन । एनआरएन युकेको बिधानमा हुँदैन नभएको पद बरिष्ठ उपाध्यक्ष सृजना गरेर कंडेलले सबैलाई चकित पारेका छन् । एनआरएन युकेको २७ जनाको कार्यसमिति मध्यबाट सो भेलामा कंडेल मात्र एक्लै उपस्थित थिए । करिब ५० जना सल्लाहाकार भएको एनआरएन युकेका सल्लाहाकार मध्य एक जना पनि सो भेलामा देखिएनन् । कार्यसमितिको झण्डैको सतप्रतिशले एकमत भएर पास भएको निर्णयलाई कंडेल पक्षले अलोकतान्त्रीक भन्दै हिड्ने गरेका छन् ।

कार्यसमितिमा उनको पक्षमा आफु मात्र एक्लै छन् । सो भेलामा बोल्ने र सहभागी मध्य अधिकांसले यस अघि एनआरएनको सदस्यता समेत लिएका छैनन् । एनआरएनको सदस्य नै नभएका ब्यक्तिहरुको उपस्थितीमा भएको सामान्य भेलालाई बिशेष साधारणसभा भनेर प्रचार गरे पछि थप लाजमार्दो भएको एक सहभागीले बताए । सो भेलालाई बेलायत स्थित नेपाली पत्रकारहरुको समेत बहिस्कार गरेका थिए ।

बिशेष भेला को ब्यानर टासेर उनीहरुले बिशेष साधारण सभा भनेर सर्बसाधारणलाई झुक्काएका थिए ।भेलामा भाग लिन इष्ट लण्डनको विलस्वीच पार्कमा घांम ताप्न आएका बुढाबुढीलाई फोटो खिच्ने भन्दै हाल भित्र लगेको एक जना सहभागीले बताए । उनले भने खै जाऊ जाऊ भित्र फोटो लिएर आउनु होला भने भित्र गएको के के न देश बनाउने जस्ता ठुल्ठुला कुरा गरे खोइबाबु म त केही कुरा बुझ्दीन ।

भेलामा बोल्ने उपस्थित अधिकांस बक्ताले एनआरएन अस्थितत्व स्वीकार नगर्ने बरु छुट्टै साझा संस्था खोल्नु पर्ने मा जोड दिएका थिए । यस अघि एनआरएन उपाध्यक्ष महेन्द्र कंडेलले समेत रहेको एनआरएन युकेको कार्यसमितिले तय गरेको दस पाउण्ड सदस्यता सुल्क महंगो भएको सहभागीले गुनासो पोखेका थिए । यस अघि एनआरएन युकेका अध्यक्ष कुल आचार्यको पहलमा कंडेल समुहलाई समेट्न पटक पटक गरिएको पहल सफल नभएको एनआरएन युके स्रोत बताउछ । स्रोतका अनुसार कंडेलले उठाएका मागलाई सम्बोधन गर्न पटक पटक अनौपाचारिक बार्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment