१४ भदौ, इलाम । इलामको सोयाङमा एक बालकले झुन्डिएर आत्महत्या गरेका छन् । सोयाङ-२ सिरिसेमा रहेको इभरगि्रन बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत सोयाङ-१ का १० वर्षका प्रज्वल राईले बिहीबार स्कुलबाट घर फर्केर टाईको पासो लगाई आत्महत्या गरेका हुन् ।
उनले किन र के कारणले आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीनायब निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
टाईको पासो लगाएर बेलुका साढे ५ बजे झुन्डिरहेको अवस्थामा आफन्तले भेटे पनि उनलाई बचाउन सकेनन् । सो अवस्थामा उनको ढुकढुकी चलिरहेको भए पनि बचाउन नसकिएको बुबा डम्बरबहादुर राईले बताउनुभयो । इलाममा एक सातामा चारजनाले झुन्डिएर आत्महत्या गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4