+
+
Shares

ब्लड क्यान्सरपीडितलाई बेल्जियमबाट एक लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ५:००

१४ भदौ, गुल्मी । ब्लड क्यान्सरबाट पीडित गुल्मी हस्तीचौरका एक बालकलाई बेल्जियममा बस्ने नेपालीले एक लाख रुपैयाँ सहयोग पठाएका छन् ।

एक वर्षदेखि ब्लड क्यान्सर लागेर जीवनमरणको दोसाँधमा रहेका १४ वर्षीय रमेश घिमिरेलाई बेल्जियममा रहेका नेपालीले उपचारका लागि सो रकम सहयोग गरेका हुन् । गुल्मीकै वस्तु-१ हुलाके घर भई पाँच वर्षदेखि बेल्जियममा रोजगारी गर्दै आएका रामप्रसाद पाण्डेको नेतृत्वमा रकम सङ्कलन गरी रमेशका बाबु रामलाल घिमिरेलाई पठाइएको हो ।

उक्त सहयोग गुल्मी, अर्घाखाँची, बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पालगायतका छिमेकी जिल्ला एवम् अन्य जिल्लाका नेपालीबाट सङ्कलन गरिएको पाण्डेले बताउनुभयो । ब्लड क्यान्सर पीडित बालकको सहयोगको अपिलसम्बन्धी खबर सञ्चारमाध्यममा आएपछि आफूहरूले सहयोग गरेको बेल्जियमवासी नेपालीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?