Comments Add Comment

सामसुङका अत्याधुनिक स्मार्ट क्यामेरा बजारमा

१४ भदौ, काठमाडौं । कोरियन इलेक्ट्रोनिक्स कम्पनी सामसुङका तीन स्मार्ट क्यामेरा नेपाली बजारमा भित्रिएका छन् । सामसुङको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले स्मार्ट क्यामेरा नेपाल भित्राएको हो । कम्पनीका अनुसार सामसुङका पुरानो रुपलाई नयाँ युगको नयाँ अवतारमा ढाल्न यी स्मार्ट क्यामेराहरु सफल भएका छन् ।

नेपालमा ‘डब्ल्यूबी२०० एफ’ मोडलको २४ हजार ९ सय ९० रुपैयाँ, ‘यसटी१५० एफ’ मोडलको १४ हजार ९ सय ९० रुपैयाँ र ‘एसटी ७२’ मोडलको १३ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

Samsung Smart Camera

कम्पनीका अनुसार ‘डब्ल्यूबी२०० एफ’ मोडलमा टच युजर प्रशोधित वाईफाई सुविधा भएका कारण परिवार तथा साथीभाइसँग फोटो सेयर गर्न सकिनेछ । यसमा १४.२ मेगा पिक्सेल सेन्सर, १८ एक्स जुम र २४ एमएम अल्ट्र वाइड एंगल लेन्स लगाएतका सुविधाहरु रहेका छन् । जस्ले गर्दा उच्च क्वालिटिका, क्लोज-अप, क्यान्डिड तथा प्यानोरामा फोटो खिच्न सकिनेछ ।

‘यसटी१५० एफ’ मोडलमा १६ मेगा पिक्सेल सेन्सर, ५ एक्स जुम र प्रशोधित वाईफाई लगाएतका सुविधाहरु रहेका छन् । वाईफाई भएका कारण परिवार र साथीभाइसँग फोटो सेयर गर्न सकिने कम्पनीले जनाएको छ । ‘एसटी ७२’ पनि १६ मेगापिक्सेल सेन्सर, ५ एक्स जुम, ब्राइट एफ २.५ लेन्स लगाएतका सुविधाहरु रहेको छन् ।

यी क्यामेराहरुबाट थोरै प्रकाशमा पनि राम्रा फोटाहरु खिच्न सकिने कम्पनीले दाबि गरेको छ । क्यामेरामा रहेको ३.० -७५ एमएम) एलसीडी भिडियो क्यामेराबाट ७२० पी सम्मको हाइडेफिनेसन भिडियो खिच्न सकिने बताइएको छ ।

Samsung-Smart-Cameraa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment