Comments Add Comment

बसन्तले बनाए हेलिकोप्टर (फोटो फिचरसहित)

भरतबन्धु थापा

१४ भदौ, भक्तपुर। रामेछापका एक युवाले हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लम्बाइको हेलिकप्टर शुक्रबार पू्जाअर्चना गरे इथाचामा परीक्षण गरिएको छ ।

भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो ।

BASANTA-KO-HELICOPTER

हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर बीएस १-९८ नं. दिइएको छ । जसमा २ जनासम्म बस्न मिल्छ ।

पाइलट पढ्न नपाएपछि आबिस्कार

विसं २०६० सालको एसएलसी पास गरेपछि श्रेष्ठले गुरुकूल ओपन स्कुलबाट आइएस्सी सकाए । त्ससपछि सिवानी एयरमा नाम पनि निकाले ।

नाम त निक्लियो तर, आफूले पढ्न चाहेको पाइलट अध्ययनका लागि आर्थिक क्षमताले नभ्याउने भएपछि उनले स्वअध्ययन गर्न थाले । ‘मेरो उद्देश्य नै पाइलट बन्नुथियो तर, पैसा नहुँदा पढ्न नसकेपछि मैले पढ्ने काम छोडेर आफैं हेलिकोप्टर बनाउनतिर लाग्छु भनेर लागेको हुँ ।’ उनले भने । उनका अनुसार उनले बनाएको सो हेलिकोप्टर नेपालमा चलिरहेकाभन्दा निक्कै फरक छ ।

BASANTA-KO-HELICOPTER-1

हेलिकोप्टर बनाउनका लागि करिब साढे पाँच लाख रकम खर्च भएको श्रेष्ठले बताए । उनले एक दिन हेलिकोप्टरमा उडाएर देखाउने बताए । एक सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको उक्त सफलताबाट उनका परिवार र आफन्त मात्र हैन इथाचाका स्थानीयहरु पनि दंग र खुसी छन् । सँधै केही न केही ल्याएर काम गरिरहन्थ्यो । ‘के गर्न लागेको भन्दा यस्तै सामान्य कुरा मात्र हो भन्थ्यो, आखिरीमा हेलिकोप्टर पो बनाएको रहेछ’-स्थानीय रमेश प्रजापतिले भने ।

BASANTA-KO-HELICOPTER-2

BASANTA-KO-HELICOPTER-3

BASANTA-KO-HELICOPTER-4

BASANTA-KO-HELICOPTER-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment