+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कतारमा शेष घलेसंग अन्तरक्रिया

दोहा । गैरआवासिय नेपाली संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका अष्ट्रेलियाका सफल नेपाली व्यवसायी शेष घलेसंग कतारका विभिन्न समुदायसंग अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । विदेशमा बसेर आफुले आर्जेको आर्थिक, बौद्धिक उपलब्धतालाई देशको लागि खर्चिनु पर्ने बेला आएको भन्दै आफुले बोलेर होइन गरेर केहि देखाउनका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी दिएको खुलासा गर्नुभयो ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १५ गते ५:१४

रवि रोषी

दोहा । गैरआवासिय नेपाली संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका अष्ट्रेलियाका सफल नेपाली व्यवसायी शेष घलेसंग कतारका विभिन्न समुदायसंग अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । विदेशमा बसेर आफुले आर्जेको आर्थिक, बौद्धिक उपलब्धतालाई देशको लागि खर्चिनु पर्ने बेला आएको भन्दै आफुले बोलेर होइन गरेर केहि देखाउनका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी दिएको खुलासा गर्नुभयो ।1

अष्ट्रेलियामा बस्दा ताका आफुलाई अनुशाशित ढंगबाट सामान्य काम देखि लिएर आफुले प्राप्त अवसरहरुलाई सही समयमा पूर्ण जिम्मेवार भई निभाएको कारण नै आफु यो स्थान सम्म आउन सफल रहेको कुरा बताउँदै गन्तव्य प्राप्तीको लागि अवसरको साथसाथै अनुशाशन र लगनशीलताको पनि जरुरत पर्ने भएको हुनाले आफुले व्यवशायिक रुपमा प्राप्त गरेको सफलतालाई सामाजिक सेवामा पनि लगाउने उद्घोषको साथ उम्मेदवारी दिएको र आफुले बोलेको कुरा गरेर देखाउने बचनबद्धता पनि घलेले सो समयमा बताउनुभयो ।2

हिजो एन आर एनले अवलम्बन गरेको सामूहिक लगानीको अवधारणा अन्र्तर्गत आफु पनि सो समितीमा जिम्मेवार भूमिका निर्वाह गर्ने अवसर पाएको हुनाले हिजोका दिनमा पहिले सामूहिक लगानीको लागि आर्थिक संकलनको क्रम सुरुवात गरिएको र लगानी गर्ने समयमा बल्ल त्यस्ता संभावनाका क्षेत्रका बारेमा अध्ययन अनुसन्धान गरिएको कारणबाट कार्ययोजनामा ढिलाई भएकोले अव त्यस्तो नहुने कुरामा उहाँले बताउनुभयो ।

म तपाईंहरुलाई विश्वाश दिलाउन चाहन्छु, म आफ्नो व्यवशायिक क्षेत्रमा प्रयोग गरेको इमान्दारीता र निष्ठतालाई सामाजिक क्षेत्रमा पनि लगानी गरी यसलाई सफल बनाउन मेरो प्रमुख जिम्मेवारी रहनेछ । सामाजिक विकासका लागि संस्था इमान्दार हुनुपर्ने कुरो उद्धृत गर्दै प्रवासमा रहने जो कोही नेपाली दाजुभाईहरुलाई परेको भवितव्यमा तत्काल राहत प्रदान गर्न विशेष कोषको व्यवस्था गर्ने पनि आफ्नो योजना रहेको उहाँले बताउनुभयो । यसको साथै कम्युनिटीमा स्पष्ट सन्देश दिनको लागि पनि पत्रकारहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने कुरामा उहाँले बताउनुभयो ।3

उपस्थितजन बाट प्रश्न गर्ने सिलसिलामा कतारका बौद्धिक ब्यक्तित्व शिखर बैद्यले आफुले प्राप्त व्यवशायिक सफलताको सूत्रको कडीलाई एन आर एन मा लगाउँछु भन्दै गर्दा सामाजिक संस्थामा पनि सफलता पाईन्छ भनेर कसरी ठोकुवा गर्न सक्नुहुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो । साथमा नेपालको सामाजिक, व्यवशायिक पाटाहरुमा पनि राजनीतिक रंगको प्रभावबाट अछुतो रहन सक्छ त ? भनी अर्को प्रश्न राख्नुभएको थियो । त्यसको बारेमा उहाँले बताउँदै त्यो खतरा बिद्यमान रहेको बताउनुभयो । त्यहि भएर यस्ता सामाजिक संस्थाहरु राजनीति भन्दा धेरै माथि रहेर आफुले निर्भिक रुपमा र निर्वाध रुपमा अभियानलाई सफल पार्न लागी पर्ने बताउनुभयो ।

सामूहिक लगानी तथा हाईड्रो पावरमा लगानी सम्बन्धी बारेमा थप जानकारी बाँड्नुभएको थियो भने उक्त कार्यक्रम विल गुरुङले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?