News Summary
Generated by OK AI. Editorially reviewed.- सौन्दर्य प्रतियोगिता 'मिस नेपाल पिस' को नयाँ संस्करण डिसेम्बर २० गतेबाट सुरु हुने आयोजक नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
- प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् र आवेदन फारम 'खल्ती' एपमा उपलब्ध छ।
- प्रतियोगिताको विजेताले नगद एक लाख र थाइल्यान्ड, चीन, भियतनाममा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले बताएको छ।
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गर्दै अडिसनबारे जानकारी दिएको हो ।
नर्सको लिडरसिपको विकास गर्दै उनीहरूको व्यक्तित्व निखार्ने उद्देश्यका साथ आयोजना हुँदै आएको प्रतियोगिताको केही अगाडिदेखि आवेदन खुला भएको थियो । प्रतियोगिताको छनोट चरणको अडिसन डिसेम्बर २० गतेबाट सुरु हुनेछ ।
प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । प्रतियोगिताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ । अडिसनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद एक लाख, थाइल्यान्डमा सन् २०२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नुका साथै पाँच लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्ने उल्लेख छ ।
प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
प्रतिक्रिया 4