+
+
Shares

अध्यक्ष रेग्मी र कुखुरा व्यवसायीवीच वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते ९:२६

१६ भदौ, काठमाडौं । राजधानीका कुखुरा व्यवसायीहरुले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग आइतबार सिंहदरबार भेटवार्ता गरेका छन् । भेटका अवसरमा व्यवसायीहरुले भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त जिल्ला घोषणा गरिएकोमा सो घोषणा तत्काल फुकुवा गर्न अध्यक्ष रेग्मीसँग माग गरेका छन् ।

बर्ड फ्लुका कारण मारिएका कुखुरावापत क्षतिपूर्ति उपलब्ध गराउन र सबैको क्षतिपूर्ति दिन नसके लोकल कुखुराको मात्रै भए पनि क्षतिपूर्ति दिन व्यवसायीले सरकारसँग माग गरेका छन् । जवाफमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले पशु सेवा विभागसँग समन्वय गर्न कुखुरा व्यवसायीहरुलाई सल्लाह दिनुभएको छ ।

सरकारले बर्डफ्लु नियन्त्रणका लागि भक्तपुरलाई संकटग्रस्त जिल्ला घोषणा गरेर कुखुरा मार्ने अभियान चलाएपछि त्यहाँका व्यवसायीहरुले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आएका छन् । सरकारी कदमले आफ्नो व्यवसाय भएको गुनासोसहित उनीहरु आइतबार अध्यक्ष रेग्मीसमक्ष पुगेको एक व्यवसायीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?