Comments Add Comment

रणवीरसँगको बिहेको बिषयमा कटि्रनाको यस्तो जवाफ

नायिका कटि्रना कैफ र नायक रणवीर कपुरको प्रेम सम्बन्ध अहिले बलिउडमा सर्वाधिक चर्चामा छ । छुट्टी मनाउने क्रममा रणवीरसँग कटि्रना वीकिनीमा प्रस्तुत भएपछि यसले संचारमाध्यममा आगो बालेको थियो ।katrina-kaifरणवीर आफ्नो जन्मदिनको अवसरमा कटि्रनालाई बिहेको प्रस्ताव पनि राख्दै छन् भन्ने समाचार आइरहेका छन् । तर यो बिषयमा नायिका कटि्रना कैफले भने निक्कै घुमाउरो जवाफ दिएकी छिन् ।

कटि्रनाले भनेकी छिन्, ‘अब तपाई आफ्नो करिअरलाई निक्कै राम्रो ढंगले योजना गर्न सक्नुहुनेछ । तपाइको योजनामा तपाइकै हक हुन्छ । तर तपाई आफ्नो बिहेको योजना बनाउन सक्नुहुन्न । बिहेका लागि २ तर्फबाट नै योजना बन्नु जरुरी छ । यसैले दुबै जनाको योजना एउटै हुनुपर्छ । म आफ्नो तर्फबाट योजना बनाउन सक्छु तर के भन्न सकिन्छ कि दोश्रो व्यक्तिले कस्तो सोचिरहेको छ ।’

कटि्रनाले यो बिषयमा आफ्नो भनाई सार्वजनिक गर्दै थपेकी छिन्, ‘बिहेको बिषयमा मेरो सोचाईमा धेरै परिवर्तन आइसकेको छ । मैले जति पनि सम्बन्धहरु जोेडेको छु, यसले मलाई धेरै अनुभव दिएको छ । मलाई थाहा छ कि म त्यो व्यक्तिसँग बिहे गर्छु जसलाई म धेरै माया दिन सक्छु । जीवनमा यस्तो अवस्था आउनु पर्छ जो बिना बाच्न नै नसकियोस् । अनी मात्र म बिहेका लागि तयार हुनेछु ।’

कटि्रनाले यो घुमाउरो उत्तर दिएर आफ्ना फ्यानहरुलाई गहिरो सोचाइमा पारिदिएकी छिन् । तर उनको बिहेको बिषयमा आएको यो भनाइले नायक रणवीर कपुर अझै बिहेका लागि तयार नभएको वुझ्न गाह्रो पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment