+
+
Shares

बि.पी.जयन्ती भलिबल कपको उपाधि गल्कोट समाज बाग्लुङलाई

स्पेन । स्पेनमा भएको स्वर्गीय बिशेस्वरप्रसाद कोइरालाको १०० औं जयन्तीमा बि.पी. भलिबल कप खुल्ला प्रतियोगिताको उपाधि गल्कोट समाज बाग्लुङले जितेको छ । नेपाली जनसम्पर्क समिति स्पेनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रतिपादक स्वर्गीय बिशेस्वरप्रसाद कोइरालाको १०० औं जयन्तीको अवसरमा सोमवार भएको भलिबल कप खुल्ला प्रतियोगिताको उपाधि गल्कोट समाज बाग्लुङले जितेको हो । प्रतियोगिता संस्थाका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षतामा स्पेनको बार्सिलोना शहरमा सम्पन्न भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते ६:१६

बेदराम कंडेल

स्पेन । स्पेनमा भएको  स्वर्गीय बिशेस्वरप्रसाद कोइरालाको १०० औं जयन्तीमा बि.पी. भलिबल कप खुल्ला प्रतियोगिताको उपाधि गल्कोट समाज बाग्लुङले जितेको छ । नेपाली जनसम्पर्क समिति स्पेनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रतिपादक स्वर्गीय बिशेस्वरप्रसाद कोइरालाको १०० औं जयन्तीको अवसरमा सोमवार  भएको भलिबल कप खुल्ला प्रतियोगिताको उपाधि गल्कोट समाज बाग्लुङले  जितेको हो । प्रतियोगिता संस्थाका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षतामा स्पेनको बार्सिलोना शहरमा सम्पन्न भएको हो । 

यूरो कांग्रेस उपाध्यक्ष पुष्पराज भण्डारीको प्रमुख आतिथ्यमा ,काठमाण्डौ महानगरपालिका -१६ का कांग्रेसका पार्टी सचिब  भक्त राज भुषाल बिशेष अतिथि , एन आर एन स्पेनका आई सी सी सदस्य पुष्पराज तिमिल्सिना, बिशेष अथिति र अतिथिहरु एन आर एन अध्यक्ष  एक राज गिरी ,प्रावाशी मंच स्पेनका अध्यक्ष मुक्त गुरुङ ,जनप्रगतिशील मंच स्पेनका अध्यक्ष महेश्वर कंडेल,चितवन समाजका उपाध्यक्ष बशन्त नाथ रेग्मी , अन्तरास्ट्रिय कलाकार मञ्चका अध्यक्ष राजेन्द्र लम्साल ,नेप्लिज वेलफेर सोसाइटीका अध्यक्ष  दिपक क्षेत्री,गल्कोट समाज बाग्लुग्का टिम क्याप्टेन सोम शर्मा , साथै स्पेनमा रहेका नेपाली र ,जातीय,क्षेत्रीय,कला साँस्कृतिक तथा सामाजिक संघ सस्थाहरुको उपस्थितिमा भलिबल खेल स्पेनको बार्सिलोना सम्पन्न भएको हो ।

१०० औं बिपी जयन्तीमा स्पेनको बार्सिलोना सहरमा खुल्ला भलिबल हेर्न दर्शकहरु आआफ्नो पेशा,ब्यबसाय,अध्ययन र अन्य कामहरु छोडी बाक्लो उपस्थिति रहेको थियो स्पेनमा रहेका नेपाली संघ सस्था जातीय छेत्रीय सामाजिक र कलाकारहरुको उपस्थिति रहेको थियो उक्त प्रतियोगितामा गैरआवासीय नेपाली संघ स्पेन ,जनसम्पर्क समिती स्पेन,जन-प्रगतिशील मंच स्पेन, चितवन समाज स्पेन,नेप्लिज वेलफेर सोसाइटी र गल्कोट समाज बाग्लुग गरि ६ टिमको सहभागिता रहेको थियो । प्रथम बिजेता गल्कोट समाज बाग्लुंग र दितीय उपविजेता नेप्लिज वेलफेर सोसाइटी ले हात पार्यो खेल निकै रोमान्चक रुपमा प्रतिस्प्रधामा खेलिएको थियो ।

कार्यक्रम संयोजक रामप्रसाद चालिसेले सहभागी खेलाडीहरुलाई स्वागत शुभकामना मन्तब्य दिदै आजको यस खेलले बिपी कोइरालाको मेलमिलाप नीति प्रवासमा रहेका नेपाली साथी भाईहरु बिचको मेलमिलाप र आपसी सहकार्यको जगेर्णा गर्न मद्दत पुर्याउने बताउनु भयो ,सम्पूर्ण नेपाली संघ सस्था जातीय छेत्रीय, कलाकारलाई कामको ब्यस्थताका बाबजुत पनि खेलमा सहभागी भई कार्यक्रम सफलपारी दिनु भएकोमा सबै सहभागी खेलाडी उपस्थित सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई शुभकामना दिदै आगामी दिनहरुमा पनि बृहत जोडदार उपस्थितिको लागि अनुरोध गर्नु भयो ।  खेल निकै जोडदार रुपमा प्रस्तुत भएको थियो यस कार्यक्रमलाई आर्थिक,र जिन्सी रुपमा सहयोग गर्नु हुने चिन्तामणि सापकोटा ,शालिक राम डुम्रे ,बिनोद ढकाल ,उमेश अधिकारी,बेदराम कंडेल, भक्त राज भुषाल ,प्रकाश अधिकारि,इन्द्र प्रसाद शर्मा,बिष्णु रिजाल,पदम दवाडी,सन्दिप मोहन भट्टराई,राम सापकोटा ,सन्तोष श्रेष्ठ लाई धेरै धेरै धन्यवाद दिनु भयो ।

प्रमुख अतिथी श्री पुष्प राज भण्डारीले नेपाली जनसम्पर्क समितिले बिगत ४/५ बर्षका दिनहरु भन्दा नेपालीहरुको स्पेनको बसोबासमा नेपालीहरुको उपस्थिति दिन प्रति दिन बद्दोरहेकोले यस बर्ष आधिल्ला बर्ष भन्दा पनि निकै जोडदार प्रस्तुति रहेको जनाउनु भयो जनसम्पर्क समितिको यो कार्यले जननायक बिशेस्वरप्रसाद कोइरालाले देखाएको मेलमिलापको मार्ग निर्देश पालाना गर्दै हरेक बर्ष आयोजनामा जोडदार बढ्दै गएको बताउनु भयो । बक्ताहरु पुष्प राज तिमिल्सिना र भक्त राज भुषालले बिपीका राजनीतिक विचारका बारेमा बोल्नु भएको थियो । उक्त खेलमा अनुशाशित खेलाडी मन राज गुरुङ र उत्कृस्ट खेलाडी विकल प्रताप सिहलाई छनौट गरियो ।  सभापति सस्थाका अध्यक्ष श्री चिन्तामणि सापकोटाले खेलमा दुर्घटना हुनु भएका सोम शर्माको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो खेल निकै आनुसासित र मर्यादित रहेकोले सम्पूर्ण खेलाडी साथीहरु ,रेफ्री ,लाइन्स मेन, नम्बर काउन्ट गर्ने सुमित शर्मा र खेल मैदान ब्यबस्थापन कार्यक्रम समिति सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापान गरि औपचारिक कार्यकर्म सम्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?