Comments Add Comment

चार मधेसवादी दलवीच चुनावी तालमेलको निर्णय

२८ भदौ, काठमाडौं । साना चार मधेसवादी दलहरुले आगामी चुनावमा आपसी तालमेल गर्ने औपचारिक निर्णय गरेका छन् । शुक्रबार साँझ काठमाडौंको होटल सांगि्रलामा बसेको मधेसवादी नेताहरुको बैठकले चुनावी तालमेलको निर्णय गरेको हो ।

चुनावी तालमेल गर्ने निर्णयमा पुगेका मधेसी दलहरुमा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनआधिकार फोरम गणतान्त्रिक, अनिल झा नेतृत्वको संघीय सद्भावना र महेन्द्र यादवको तराई मधेस सद्भावना पार्टी रहेका छन् ।

शीतलनिवासमा राष्ट्रपतिद्वारा बोलाइएको सर्वदलीय बैठक सकिनासाथ होटल सांगि्रलामा भेला भएका चार दलका नेताहरुले चुनावी तालमेलका लागि प्रत्येक दलबाट ३/३ जना सदस्य रहने गरी १२ सदस्यीय कार्यदलसमेत गठन गरेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment