सउल । झापा मिलन समाज कोरियाले बृहत भेला गर्ने भएको छ । कोरियन पर्व चुसकको अवसर पारेर समाजले सेप्टेम्बर २० तारिक शुक्रवार सांझ पाँच बजे भेला हुन लागेको हो । झापा मिलन समाज दक्षिण कोरियाले विगतका वर्षहरूमा पनि यस किसिमको भेला गर्दै आइरहेको छ ।
प्रवासमा रहेका नेपालीहरूवीच आत्मियता, सदभाब र नयाँ कोरिया प्रवेश गरेका झापालीहरुलाई परिचय गराउने उदेश्यले उक्त भेला गर्न लागिएको समाजका अध्यक्ष मीनप्रकाश उप्रेतीले बताए । उक्त भेलामा झापा मिलन समाजले स्थापना गरेको पाथीभरा हाउसको संचालन, अशन्न साधारण सभा, आगामी दिनमा समाजले गर्ने सामाजिक कार्य र सदस्यता समन्धि छलफल हुने जनाईएको छ । कोरियामा विभिन्न पेसामा आबद्ध रहेका झापालीहरुलाई उक्त दिन गङ्गवामुन स्थित ओम रेष्टुरेण्टमा अनिवार्य उपस्थितहुन अनुरोध गरेको छ ।
चुसकमा हुने विभिन्न सङ्घ संस्थाहरुको सांस्कृतिक कार्यक्रमका टिकटहरु संस्थामा आईसकेको जानउँदै झापा मिलन समाजका पदाधिकारीहरुबाट आफूले हेर्ने कार्यक्रमको टिकट लिएर सहयोग गरिदिन जानकारी गराएको छ । आवश्यक जानकारीका लागि संस्थाका उपाध्क्षय सन्तोष श्रेष्ठ (०१०२५६२५५४२) , का. बा. सचिव राजु सन्तोषी थापा(०१०६२४५२४३९), श्री खनाल, ख्वाङ्गजु (०१०५९५८३७६६) र कुमार बुढाथोकी , थेगु (०१०३१४३२९४०) सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4