+
+
Shares

दिपकराज गिरीको सुझाव ‘कलाकारहरुले बोल्न सिक्नुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २ गते ११:५८

नेपाली कलाकारहरुले बोल्न जान्दैनन् भन्ने आरोप लाग्ने गरेको छ । एकाध कलाकार बाहेक अन्य कलाकारहरु कुनै पनि कार्यक्रममा सम्बन्धीत बिषयमा बोल्न सक्दैनन् भन्ने आरोप लामो समय देखि लाग्दै आएको छ र यो कुरा सत्य पनि हो ।dipakraj-giriमंसिर ४ गते हुन गइरहेको संविधान सभाको निर्वाचनका बिषयमा कलाकारहरुले मिडियासँग गतिलो तर्क राख्न नसकेको आरोप पनि लाग्दै आएको छ । एक कार्यक्रममा पुगेका चर्चित हाँस्य कलाकार दिपकराज गिरीले नेपाली कलाकारहरुलाई बोल्दा ध्यान दिन आग्रह गरेका छन् । बलिउड कलाकारहरुले बोलेको दर्शकले ध्यान दिएर हेर्ने गरेको तर नेपाली कलाकारले बोल्दा नाक खुम्च्याएको भन्दै दिपकले कलाकारहरुलाई यस्तो आग्रह गरेका हुन् ।

कुनै पनि बिषयमा बुझेर अध्ययन गरेर मिडियामा आउन दिपकले सुझाव दिएका हुन् । साथै उनले कुनै पनि कलाकार राजनीतिक पार्टीको झण्डा मूनि बस्न नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?