+
+
Shares

खिलराज र नीलकण्ठलाई ल्याउनु ठूलो गल्ती : एमाओवादी प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २६ गते १५:१८

२६ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले मन्त्रिपरिषदको अध्यक्षमा प्रधानन्यायाधीश खिलराज रेग्मी र निर्वाचन आयोगको प्रमुख आयुक्तमा नीलकण्ठ उप्रेतिलाई ल्याउनु गम्भीर गल्ती भएको बताउनु भएको छ ।

Agni sapkotaरिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा सापकोटाले भन्नुभयो-पार्टीका मान्छेलाई आयोगको अध्यक्ष र मन्त्रिपरिषद अध्यक्ष बनायौं त्यो गल्ती भयो । उनीहरुले निर्वाचनमा यसरी सुक्ष्म रुपमा धाधली गरे कि हामीले त्यो कल्पना समेत गर्न सकेका थिएनौं ।’

एमाओवादीका लागि मंसिर ४ को निर्वाचन चुनाव सिकाईको विश्वविद्यालय बनेको उहाँको भनाई छ । यसपटकको निर्वाचन संसदको निर्वाचन जस्तै फोहोरि भएको भन्दै उहाँले भन्नुभयो-‘संविधानसभाको चुनाव नभई संसदको जस्तो पैसा बाड्नेदेखि सबै काम उम्मेदवारले गरे । यस्तो चुनाव मुलुकले धान्न सक्दैन ।’ उहाँले निर्वाचनमा भएको धाधली, विघटित संविधानसभाको स्वामित्व ग्रहण गर्ने र जनताको संविधान बन्ने ग्यारेन्टी नभएसम्म संविधानसभामा नजाने बताउनुभयो ।

निर्वाचनले ताजा जनादेश दिएको हो भने राष्ट्रपति र उपराष्ट्रपतिको पनि नया निर्वाचन हुनै पर्ने भन्दै उहाँले निर्वाचन हुन नसक्ने अवस्था भए संविधान संशोधन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल थापाले आफूहरु जनतासँग एक वर्षमा संविधान दिने प्रतिबद्धता सहित चुनाव लडेको भन्दै राष्ट्रपति परिवर्तनमा लाग्नु नहुने बताउनुभयो । नयाँ जनादेश आए पनि ठूलाले उच्चस्तरीय राजनीतिक समिति ब्यूताएकोमा असन्तुष्टी जनाउँदै उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने ३० वटै दलहरुलाई बोलाएर सहमतिका साथ अघि बढ्न र ब्यूताउनै पर्ने भए पनि सहमतिमा गर्न आग्रह गर्नुभयो ।

संघीय सद्भावना पार्टीका अधयक्ष अनिलकुमार झाले १ वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरिएकोले संवैधानिक ब्यवस्था नै नभएको राष्ट्रपति परिवर्तनमा लाग्न नहुने तर्क गर्नुभयो ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नयाँ जनादेश आईसकेपछि पुरानो पदहरु रहन नसक्ने भन्दै संविधानसभामा लगेर राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गराउनु पर्ने बताउनुभयो । नयाँ निर्वाचनबाट ३० दल नया हैसियत अनुसार आइसकेकोले अब पुरानो राजनीतिक समिति ब्यूताउनुको अर्थ नभएको भन्दै उहाँले सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?