+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सलमान खान हाबी भएको ‘छ एकान छ’

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २९ गते १५:०८

gagan-thapa-wiht-6-ekan-6

समाचारको शिर्षक पढेर हैरान नहुनुहोस् । कारण यो सिनेमा भित्र बलिउड नायक सलमान खानले नै अभिनय गरेका छैनन् । तर सलमान खानको नक्कली बनेर हसाँउने काम गरेका छन् निर्माता समेत रहेका दीपकराज गिरीले ।

छ हिरोकी एक मात्र हिरोइन नीता ढुंगाना वास्तविक जीवनमा जस्तै चलचित्रमा पनि सलमानको फ्यान हुन्छिन् । यसैले सलमान खानको पोष्टरसँग उनले थुप्रै ठाउँमा वार्तालाप गरेको देख्न सकिन्छ ।

तर सलमानको दबङ स्टाइलको क्यारेक्टर बोकेका कलाकार दीपकराज गिरीले भने दर्शकलाई उनकै झझल्को दिन्छन् । झनै ‘दबंग २’ को ‘दगा बाज रे’ बोलको गीतसँग मिल्ने यो गीतमा कलाकार दीपकराज गिरी र नायिका नीता ढुंगानाले नृत्य गरेपछि त दर्शक मज्जैले हाँस्छन् ः

धोके बाज रे, हाय धोके बाज रे…

तिम्रो आँखा बडा धोके बाज रे…

हिजो चिन्थ्यौ, हिजो चिन्थ्यौ, हि..जो चिन्थ्यौ मलाई

भुली गयौ आज रे…

धोके बाज रे, हाय धोके बाज रे….

अन्य सिनेमा भएको भए सायद यसलाई नक्कलको आरोप लाग्थ्यो । तर कमेडी सिनेमा र पात्रलाई नै सलमान खानकै शैलीमा चित्रित गरेकाले ‘छ एकान छ’ ले दर्शकलाई हसाँउछ । काठमाण्डौको बीग सिनेमामा आयोजना गरिएको प्रेस शोमा नेपाली कांग्रेसका यूवा नेता एवं सभासद गगन थापा पनि पुगेका थिए । उनले सिनेमा हेरेपछि यसको खुलेरै प्रशंसा पनि गरेका छन् । प्रेस शोमा निर्मातात्रय दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, नायिका नीता ढुंगाना, कलाकार सन्दिप क्षेत्री र निर्देशक दीनेश डीसीको उपस्थिती थियो । सिनेमा हेर्ने सबै जसो पत्रकारहरुले हाँस्यरस भरिएकाले रमाइलो लागेको बताए ।

चलचित्रको व्यापारबाट सम्पूर्ण यूनिट नै दंग परेको छ । निर्माता निर्मल शर्माले २ दिनमा ५० लाख माथिको ग्रस कलेक्शन भएको भन्दै आइतबार सम्म ७० को सेरोफेरोमा पुगेको जानकारी दिए । चलचित्र होस्टेल र काली बाहेक यो बर्ष कुनै पनि सिनेमाले निर्मातालाई खुशीको श्वास फेर्न दिएका छैनन् । तर अन्य ३ सिनेमासँग भिडन्त गर्दै प्रदर्शनमा आएको ‘छ एकान छ’ ले भने निर्मातालाई मात्र नभएर सिने नगरीमा नै खुशी ल्याइदिएको छ ।nirmal-gagan-nita-and-dines

nita-with-child

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?