Comments Add Comment

स्थानीय प्रसारण लाइन निर्माणको अनुमति लिन्छन, काम गर्दैनन

८ असार, काठमाडौं । चालु वर्षको दुई महिनाको अवधिमा थप तीन नयाँ जलविद्युत् आयोजनाले प्रसारण लाइन निर्माणका लागि निवेदन दिएका छन् ।

विद्युत् विकास विभागका अनुसार यसरी निवेदन दिने जलविद्युत् आयोजनामा लोहारे खोला, माथिल्लो दोर्दी र पिलुवा खोला रहेका छन् । लोहारे खोला जलविद्युत् आयोजनाबाट उत्पादित आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ ।

यस्तै माथिल्लो दोर्दीको १३२ केभी क्षमताको लाइन निर्माण गर्नेछ । यसैगरी पिलुवा खोला Hydro powerआयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । ती तीनवटै आयोजनाको निर्माण क्रमशः लोहारे खोला जलविद्युत् आयोजना, लिवर्टी इनर्जी र सिवानी हाइड्रोले निर्माण गर्न लागेका हुन् ।

जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले आयोजनाबाट उत्पादित बिजुल्ाीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि यस वर्षमात्रै १२ वटा प्रसारण लाइनले अनुमति लिएका छन् । प्रसारण लाइन निर्माणको अनुमति लिने धेरै भए पनि काम भने अगाडि बढ्न सकेको छैन ।

यस्तै हालसम्म विभागमा १५७ वटा जलविद्युत् आयोजनामा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ निवेदन दिइएको छ ।

जलविद्युत् आयोजना निर्माण सुरु हुने वित्तिकै प्रसारण लाइन निर्माणको काम पनि सुरु गर्नुपर्ने हुन्छ । प्रसारण लाइन निर्माण नहुने हो भने जलविद्युत् आयोजनाको काम पूरा भए पनि उत्पादित बिजुली उपभोक्तासम्म पुग्न सक्दैन ।

यस्तै विभागले हालसम्म ५० प्रसारण लाइन निर्माणको अनुमति प्रदान गरिएको छ । अनुमति दिइएका ती प्रसारण लाइनमध्ये केहीको भने काम सुरु भएको छ भने केही निर्माणको चरणमा रहेका छन् । विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार गत वर्षमात्रै १२ वटा त्यस्ता प्रसारण लाइनहरूलाई अनुमति प्रदान गरिएको थियो ।

त्यसमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४५६ मेगावाट विद्युत्लाई काठमाडौँसम्म ल्याउन तामाकोसी काठमाडौँ ४०० किलोभोल्ट प्रसारण लाइन निर्माण गर्ने अनुमति लिएको छ ।

यस्तै समुन्द्रटार त्रिशूली १३२ केभी र माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो अनुमति प्रदान गरिएको थियो । त्यसमा माथिल्लो त्रिशूली थ्री ए को भने निर्माण सुरु भएको छ ।

तल्लो अरूण २०० किलोभोल्ट, मध्यमोदी १३२ किलोभोल्ट, कालीगण्डकी कोवाङ, २२० किलोभोल्ट, माथिल्लो माडी १३२ किलोभोल्ट, अपर चाकु १३२ किलोभोल्ट, दी खोला १३२ किलोभोल्ट, चाँदी खोला १३२ किलोभोल्ट क्षमताको प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ ।

राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने प्रमुख जिम्मा नेपाल विद्युत् प्राधिकरणको भए पनि आयोजनाहरूले उत्पादन गरेका बिजुल्ाी राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि आयोजनाले प्रसारण लाइन निर्माण गर्नु पर्दछ । आयोजना निर्माणलाई गति प्रदान गर्न भन्दै प्रवर्द्धकहरूले प्रसारण लाइनको समेत छुट्टै अनुमति लिने गरेका छन् ।

सूचना अधिकृत पन्थ भन्छन्, ”जलविद्युत् आयोजना समयमै सम्पन्न हुने हो की होइन भन्ने आधारमा यस्ता प्रसारण लाइनहरू के कति समयमा निर्माण हुने हो भन्ने कुराको निर्धारण हुन्छ । तर राष्ट्रिय प्रसारण लाइनहरू प्राधिकरणले निर्माण नगर्दासम्म यस्ता प्रसारण लाइनको भने कुनै महत्व रहँदैन ।”

सूचना अधिकृत पन्थले यस वर्ष अनुमति लिएका आयोजनाका प्रर्वद्धकहरूलाई आयोजना समयमा सक्न र प्रसारण लाइन निर्माणको काम पनि समयमा सक्न निर्देशन दिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment