Comments Add Comment

गरगहना सम्बन्धि पाँच दिने क्षमता अभिवृद्धि तालिम शुरु

Gold-Programme
९ असार, काठमाडौं । गरगहना व्यवसायीहरुको व्यवसायीक क्षमता अभिवृद्धिका साथै गरगहनाको बारेमा विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यसहित पाँच दिने क्षमता विकास तालिम शुरु भएको छ । तालिमको नेपाल भाषा एकेडेमीका चान्सलर एवं संस्कृतिविद् डा. सत्यमोहन जोशीले उद्घाटन गरे ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ  र गरगहनाको क्षेत्रमा प्रख्यात संस्था जेमोलोजीकल इन्स्टिच्यूट अफ अमेरिकाले संयुक्त रुपमा एक्रिडिटेड ज्वेलरी प्रोफेशनल डिप्लोमा कोर्षको तालिम प्रदान गर्न लागेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै जोशीले नेपालको गरगहना क्षेत्रको विकासमा यस प्रकारको तालिमले प्रमुख भूमिका खेल्ने र नयाँ पुस्ताहरुलाई समेत यस क्षेत्रप्रति आकषिर्त गर्ने बताए । तालिमले नेपाली व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्नुको साथै नेपाली गरगहनाको अन्तराष्ट्रिय बजार बिस्तारसँगै यसको गुणस्तरीयता कायम राख्नमा थप सहयोग गर्ने उनको भनाई थियो ।

कार्यक्रममा जीआईएका पदाधिकारीहरुले नेपालमा पहिलोचोटी यस्तो खालको तालिम सञ्चालन गर्न पाउँदा आफुहरु उत्साहित भएको बताउँदै आगामी दिनमा महासंघको साथ र सहयोगमा निरन्तर हिरा जवाहरातको विभिन्न विषयगत तालिम सञ्चालन गर्दै जाने जानकारी दिए ।

महासंघका अध्यक्ष रमेश महर्जनले जीआईएसँगको सम्बन्धलाई अझ मजबुत पार्दै लैजाने र नेपालभरीका गरगहना व्यवसायीहरुको क्षमता विकास गराउन महासंघले निरन्तररुपमा यस प्रकारको कक्षा संचालन गर्दै जाने उद्घोष गरे । साथै, निकट भविष्यमा नै जेम ल्याब सञ्चालनमा ल्याउने योजना समेत रहेको उनले सुनाए ।

असार ९ देखि १३ गतेसम्म सञ्चालन हुने यस तालिमको समापन जीआईए इण्डियाका शिक्षा निर्देशक मनोज सिंघानियाबाट हुने र सहभागीहरुलाई एजेपी डिप्लोमा कोर्षको प्रमाण-पत्र वितरण गर्ने कार्यक्रम रहेको जानकारी अध्यक्ष महर्जनले गराएका छन् ।

u/uxgf ;DalGw kfr lbg] Ifdtf clej[l4 tflnd z’?

( c;f/, sf7df8f}+ . u/uxgf Joj;foLx?sf] Joj;foLs Ifdtf clej[l4sf ;fy} u/uxgfsf] af/]df lj:t[t hfgsf/L k|bfg ug]{ p2]Zo;lxt kfr lbg] Ifdtf ljsf; tflnd z’? ePsf] 5 . tflndsf] g]kfn efiff Ps]8]dLsf rfG;n/ Pj+ ;+:s[ltljb\ 8f= ;Todf]xg hf]zLn] pb\3f6g u/] .

g]kfn ;’grfbL /Tg tyf cfe’if0f dxf;+3  / u/uxgfsf] If]qdf k|Voft ;+:yf h]df]nf]hLsn OlG:6Ro”6 ckm cd]l/sfn] ;+o’Qm ?kdf Plqml86]8 Hj]n/L k|f]km]zgn l8Knf]df sf]if{sf] tflnd k|bfg ug{ nfu]sf x’g\ .

 

pb\3f6g sfo{qmddf af]Nb} hf]zLn] g]kfnsf] u/uxgf If]qsf] ljsf;df o; k|sf/sf] tflndn] k|d’v e”ldsf v]Ng] / gof k’:tfx?nfO{ ;d]t o; If]qk|lt cfslif{t ug]{ atfP . tflndn] g]kfnL Joj;foLx?sf] Ifdtf clea[l4 ug'{sf] ;fy} g]kfnL u/uxgfsf] cGt/fli6«o ahf/ la:tf/;u} o;sf] u’0f:t/Lotf sfod /fVgdf yk ;xof]u ug]{ pgsf] egfO{ lyof] .

sfo{qmddf hLcfO{Psf kbflwsf/Lx?n] g]kfndf klxnf]rf]6L o:tf] vfnsf] tflnd ;~rfng ug{ kfpbf cfkm’x? pT;flxt ePsf] atfpb} cfufdL lbgdf dxf;+3sf] ;fy / ;xof]udf lg/Gt/ lx/f hjfx/ftsf] ljleGg ljifout tflnd ;~rfng ub}{ hfg] hfgsf/L lbP .  

dxf;+3sf cWoIf /d]z dxh{gn] hLcfO{P;usf] ;DaGwnfO{ cem dha’t kfb}{ n}hfg] / g]kfne/Lsf u/uxgf Joj;foLx?sf] Ifdtf ljsf; u/fpg dxf;+3n] lg/Gt/?kdf o; k|sf/sf] sIff ;+rfng ub}{ hfg] pb\3f]if u/] . ;fy}, lgs6 eljiodf g} h]d Nofa ;~rfngdf Nofpg] of]hgf ;d]t /x]sf] pgn] ;’gfP .

c;f/ ( b]lv !# ut];Dd ;~rfng x’g] o; tflndsf] ;dfkg hLcfO{P Ol08ofsf lzIff lgb]{zs dgf]h l;+3flgofaf6 x’g] / ;xefuLx?nfO{ Ph]kL l8Knf]df sf]if{sf] k|df0f–kq ljt/0f ug]{ sfo{qmd /x]sf] hfgsf/L cWoIf dxh{gn] u/fPsf 5g\ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment