Comments Add Comment

एक हप्तामा ११ अर्ब निक्षेप बढ्यो, कर्जा दुई अर्ब घट्यो

nrb

१८ असार काठमाडौं । पछिल्लो एक हप्तामा कर्जा र निक्षेपको वृद्धिदरमा व्यापक अन्तर भएको छ । हप्तादिनमै ११ अर्ब रुपैयाँले निक्षेप बढेको छ । तर, यस अवधिमा कर्जा भने दुई अर्ब रुपैयाँले घटेको छ ।

निक्षेपको तुलनामा कर्जा बढ्न नसक्दा बैंकहरुलाई लगानी योग्य रकम (तरलता) को अधिक चाप परेको छ ।

असार १७ गते मंगलबारसम्ममा वाणिज्य बैंकहरुले ११ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

अघिल्लो साता ३० वाणिज्य बैंकहरुले ११ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसअघिको हप्ता बैंकहरुले ११ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन र ८ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसअघिको हप्तामा निक्षेप ११ खर्ब ३५ अर्ब र कर्जा  ८ खर्ब ७० अर्व रूपैयाँ थियो ।

असारमा नयाँ परियोजना नबन्ने तर सरकारी खर्च बढ्ने भएकाले निक्षेप बढेको र कर्जा घटेको हो । असार मसान्तत  अार्थिक वर्षको क्लोजिङ्ग  भएकाले बैंकले यो महिना कर्जा प्रवाह भन्दा पनि कर्जा असूलीतर्फ केन्द्रित हुन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment