जिवनमा संसार घुम्ने चाहना सबैको हुन्छ । तर चाहेर पनि पृथ्वीका सबै ठाउँमा पुग्न असम्भव हुन्छ । विश्वका सबै देशका सबै सहरमा पुग्न असम्भव र उतिसारो आवश्यक नभएपनि केही त्यस्ता ठाउँ हुन्छन् जहाँ मौका मिलेमा पुगिहालेमा धन्य भएजस्तो लाग्छ । आखिर त्यस्ता पुग्नैपर्ने र देख्नैपर्ने सहरहरु कुन-कुन होलान् त ? के नेपालका सहरहरु पनि विश्वका मानिसहरुले एकपटक पुग्नैपर्ने खालका सहरको कोटीमा पर्लान् ?
यद्यपि विश्वका सुन्दर, सुलभ, मनमोहक, ऐतिहासिक तथा एकचोटी देख्नैपर्ने सहरहरुको मापदण्ड सबैले फरक फरक तय गर्लान् र एउटाको मापदण्डमा परेका सहर अर्कोको रोजाइमा नपर्लान् । तर विश्वको चर्चित समाचार साइट हफिण्टन पोष्टले सूचिकृत गरेका विश्वका ५० वटा पुग्नैपर्ने सहरको सूचिमा नेपालको राजधानी सहर २१ औँ स्थानमा परेको छ । भ्रमण सम्बन्धि एक साइटलाई उधृत गर्दै अनलाइनले यस्तो सूचि तयार प्रकाशन गरेको हो ।
‘विश्वका उत्कृष्ट ५० सहर, जो तपाइँको जिवनकालमा हेर्नैपर्छ’ शीर्षकमा उक्त अनलाइनले सूचिकृत गरेका सहरमध्ये काठमाण्डौ उत्कृष्ट २५ भित्र पर्न सफल भएको हो । काठमाडौंबारे वर्णत गर्दै अनलाइनले आफ्नो संस्करणमा लेखेको छ ‘काठमाडौं विशेषतः विशाल हिमालयको प्रवेश द्वार हो । साधु, वस्त्रधारी भिक्षुहरु तथा विशिष्ट ध्वजापतकाले सुसज्जित काठमाडौं सहर पृथ्वीको सबैभन्दा रंगीन सहरमध्ये एक हो ।’
जिवनमा पुग्नैपर्ने विश्वका ५० सहरको सूचिमा पहिलो नम्बरमा इटालीको भेनिस परेको छ । अन्य सहरहरुको नाम र क्रमसंख्या यसप्रकार छ :
- भेनिस, इटली
- सेभिल्ले, स्पेन
- न्युयोर्क अमेरिका
- ल्हासा, चीन
- रियो दी जेनेरिया, ब्राजिल
- लण्डन, इङल्याण्ड
- माराकेच, मोरक्को
- पेट्रा, जोर्डन
- रोम, इटाली
- बनारस, भारत
- फ्लोरेन्स, इटाली
- हवाना, क्युवा
- क्योटो, जापान
- जेरुसेलम, इजरायल
- पेरिस, फ्रान्स
- बेइजिङ, चीन
- लालिबेला, इथिओपिया
- ग्रानाडा, स्पेन
- एथेन्स, ग्रिस
- बगान, म्यानमार
- काठमाण्डौ, नेपाल
- भ्याटिकन सिटी
- लिसवन, पोर्चुगल
- टोकियो, जापान
- इस्तानबुल, टर्की
प्रतिक्रिया 4