+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एनआरएन भवन निर्माणका लागि अष्ट्रेलियाको सिड्नीबाट १ करोडको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते ११:३४

Nrn-aus

सिडनी । गैरआवासीय नेपाली संघको काठमाण्डौ भवन निर्माणका लागि अष्ट्रेलियाको सिड्नी क्षेत्रमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुले करिव एक करोड रुपैयाँ संकलन गर्ने प्रतिबद्दता जनाएका छन् ।

‘हाम्रो घर, हाम्रै दायित्व’ भन्ने नाराका साथ सुरु भवन निर्माण अभियान अन्र्तगत शनिवार साँझ सिड्नीमा आयोजित गाला डिनर कार्यक्रममा उपस्थीत न्यू साउथ वेल्स क्षेत्रका नेपाली समुदायका प्रतिनिधिहरुले स्वतस्फूर्तरुपमा भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट गच्छेअनुसार सहयोग रकम घोषणा गरेका छन् ।

एनआरएन ग्लोबल इभेन्ट्स कमिटि ओसियाना क्षेत्रका संयोजक गणेश केसी र एनआरएन बिल्डिंग फन्ड रेजिंग ओसियना संयोजक बिष्णु हमालका   अनुसार अपेक्ष्या गरेभन्दा बढी नै प्रतिबद्धता आएको छ । यस अभियानमा संलग्न हुन चाहनेको संख्या बढ्दो क्रममा उहाँहरूले जानकारी दिनुभयो ।

गैरआवसीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा रहेको एनआरएनए भवन निर्माण समितीले ६९ राष्ट्रमा रहेका संस्थाको संजाललाई अभियान अघि बढाउन निर्देशन दिएसंगै एनआरएन भवन निर्माण अभियान अन्तर्गत सिड्नीमा पहिलो कार्यक्रम आयोजना गरिएको हो ।

Nrn-aus-1

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्यू साउथ वेल्स क्षेत्रका नेपाली समुदायका प्रतिनिधिको बाक्लो उपस्थीति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले सिड्नीबाट सुरुभएको उत्साहप्रद अभियानले आफुलाई निकै हौसला मिलेको बताउनुभयो । आगामी एनआरएन डे अर्थात् अक्टोवर ११ सम्ममा भवनका लागि जग्गा खरिद गरिसकिने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘एनआरएन भवन अब निश्चीतरुपमा बन्छ, यो उत्साहप्रद सुरुवातले संसारभरिको एनआरएन समुदायलाई निकै हौसला र बल मिलेको छ ।’

आर्थिक हैसियत भएका दुई चार जनाले बनाउन सकिहाल्छन नी भन्ने टिप्पणी पनि सुनिएको भन्दै अध्यक्ष घलेले भन्नुभयो–‘त्यसरी पनि भवन बनाउन नसकिने होइन, तर मेरो चाहना संसारभरिका एनआरएनले भवनमाथि आफ्नोपन महसुस गरुन भन्ने हो, त्यसैले एक डलर नै किन नहोस् हामी धेरैभन्दा धेरै एनआरएनको सहयोग र सहभागीता चाहान्छौं ।’ धेरै रकम सहयोग गर्ने र एउटा इटा बराबरको रकम दिनेलाई कुनै भेदभाव नगरी समान ब्यबहार गरिने घलेले बताउनुभयो ।

गाला डिनरमा आयोजक एबम उपस्थित महानुभावहरुले गैरआवसीय नेपालीको शान, पहिचान, गौरव र एकताको प्रतिक निर्माण हुन लागेको भवनका लागि शुरु गरीएको अभियानमा सहयोग रकमको प्रतिबद्धता गर्दै यो दौडिन लागेको रेलमा सबै प्रबासी नेपालीहरुलाई प्रवेश गर्न र कम्तीमा एउटा इट्टा बराबरको योगदान गर्न समेत आब्हान गर्नु भएको थियो।

कार्यक्रममा ग्लोबल इभेन्ट्स कमिटि ओसियानाका संयोजक गणेश केसी, बिल्डिङ फण्ड रेजिङ कमिटि ओसियाना संयोजक बिष्णु हमाल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, एनआरएन आइसीसी सचिव रन्जु थापा, आईसीसी प्रवक्ता मन केसी, न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्का, एनआरएन थाइल्याण्ड अध्यक्ष खगेन्द्र ढकाल, एनआरएन अष्ट्रेलियाका सचिव भरत पोखरेल, नेपाली समुदायका प्रतिनिधि देव गुरुङ, दिनेस जोसी, तमु समाज सिड्नीका अध्यक्ष युग गुरुङ लगायतले सम्बोधन गर्दै एनआरएनको आफ्नै भवन बनाउने यो अभायनको स्वामित्व लिन सवै उपस्थीत एनआरएन प्रतिनिधहरूलाइ आह्रवान गर्नुभयो ।

सो कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यू साउथ वेल्सका संयोजक हरि राम्जाली, मन्त्रिस्तरिय सुझाब समितिका सदस्य महेन्द्रकुमार लम्साल, सिड्नीस्थित नेपाली समुदायका अग्रज डा. नारायण प्रधान, लिला प्रधान, आईसीसी सदस्यहरु, सल्लाहकार, एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरु, सल्लाहकार एवं नेपाली बिजनेस कम्युनिटी र संचारमाध्यमका प्रतिनिधिको बाक्लो उपस्थीति रहेको थियो ।

भवन निर्माणका लागि औपचारीक पहिलो तथा ऐतिहासीक मानिएको यो कार्यक्रमको संचालन तथा व्यवस्थापन एनआरएनए ओशिनिया उपसंयोजक भोमा लिम्बु एबम अन्तर्राष्ट्रिय यूवा उपसंयोजक कृष्ण गिरीले गर्नु भएको थियो  भने डिनरको व्यवस्थापन इभेन्ट उपसंयोजक प्रेम सामकोटाले गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरुले नेपाली संस्कृति तथा पहिचान झल्कने गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

सिड्नीको उत्साहजनक कार्यक्रम सम्पन्न भए लागत्तै १२ जुलाईमा क्यानवेरा, १८ जुलाईमा ब्रिशवेन र २६ जुलाईमा मेलवर्नको समेत कार्यक्रम तय भईसकेको आयोजकहरुले बताएका छन् । सवै कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष घलेको उपस्थिति हुने बताईएको छ । एनआरएन भबन निर्माण सम्बन्धि अभियानको यो पहिलो कार्यक्रम एनआरएनए ग्लोवल आर्थीक संकलन समिती र एनआरएनए अष्ट्रेलीयाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?