+
+
Shares

एघार महिनामा साढे ५ खर्ब नाघ्यो व्यापार घाटा, पेट्रोलियम आयात १२३ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २९ गते १६:१८

२९ असार, काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन घाटा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८.९ प्रतिशतले बढी हो । अधिकांश प्रमुख वस्तुहरुको आयात उच्च दरले बढेपछि व्यापार घाटा चुलीमा पुगेको हो ।

यस अवधिमा कुल वस्तु आयात १७.२ प्रतिशतले बढेर ८१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने निर्यात १८.७ प्रतिशतले बढेर ६ खर्ब ४८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । जसलाई निकासी पैठारी व्यापार अनुपातमा देखाउँदा १:७.९ हुन्छ ।

export import logoयस अवधिमा अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि  प्रमुख रहेका छन् ।

कुन वस्तु कति निर्यात ?

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा २९.६ प्रतिशतले वृद्धि भई ६ अर्ब ६२ करोड, तयारी पोशाकको निर्यातमा ४५.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १.७ प्रतिशतले वृद्धि भई १० अर्ब ९१ करोड, पोलिष्टर तथा अन्य धागोमा १०.७ प्रतिशतले वृद्धि भई ५ अर्ब ८५ करोड, मुसुरोको दालमा ३०.६ प्रतिशतले ह्रास आई १ अर्ब ७९ करोड रुपैयाँ पुगेको नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

त्यसैगरि, यस अवधिमा १ अर्ब २६ करोडको छाला, ४ अर्ब ४ करोडको अलैंची, १ अर्ब ८० करोडको चिया, ३९ करोडको अदुवा,  ७३ करोडको चाऊचाऊ, ९५ करोडको जडिवुटी, १ अर्ब ४ करोडको टुथपेष्ट, ४ अर्ब ९७ करोडको टेक्सटाइल, १ अर्ब ८० करोडको पश्मिना सल, ५२ करोडको हस्तकलाका सामानहरु, ५६ करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ ।

कुन वस्तु कति आयात ?

एघार महीनाको अवधिमा अघिल्लाे आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा १२ प्रतिशतले बढेर ५८ अर्ब ५४ करोड, पेट्रोलियम पदार्थमा २१.४ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ४३ करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा २२.१ प्रतिशतले बढेर ३६ अर्ब ३४ करोड, इलेक्टि्रक र इलेक्ट्रोनिक सामाग्रीहरुमा १९.२ प्रतिशतलेे बढेर २५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरि, औषधीको आयात ६ प्रतिशतलेे बढेर १४ अर्ब ६० करोड, मशिनरी तथा पार्ट्समा २०.८ प्रतिशतले वृद्धि भई ३६ अर्ब ५६ करोड, पोलिथिन ग्रेन्युल्स २८.९ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड, कच्चा पाम आयल २७.३ प्रतिशतले वृद्धि भई ३ अर्ब ९१ करोड, दुरसञ्चारका सामाग्रीहरुमा ०.५ प्रतिशतलेे ह्रास आई  १२ अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

रसायनको आयात ७ अर्ब ५ करोडको २३ अर्ब ९७ करोडको सुन, १४ अर्ब ९ करोड बराबरको रासायनिक मल, ३ अर्ब ६४ करोड बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स आयात भएका छन् । त्यस्तै, सिमेन्ट क्लिङ्कर ५ अर्ब ९० करोड, भटमासको कच्चातेल १३ अर्ब ५५ करोड, तयारी पोशाक १० अर्ब २५ करोड, अन्न २५ अर्ब ४ करोड, ऊन ३ अर्ब २४ करोड रुपैयाँ बराबरको आयात भएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?