Comments Add Comment

एमाले अध्यक्षमा ओली निर्वाचित, महासचिव पोखरेल, पदाधिकारी बराबर

UML oli

३१ असार, काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ४३ मतले पछि पार्दै ओली एमालेको अध्यक्ष बनेका हुन् । 

आठौं महाधिवेशनमा झलनाथ खनालसँग एक सय १७ मतले पराजित भएका ओलीले यसपटक दोस्रो प्रयासमा जितेका हुन् । ओलीले १०४७ मत पाएका छन् भने नेपालले १००३ मत पाएका छन् । ओली आफ्नो ४० वर्षे संघर्षशील राजनीतिको प्रतिफलस्परुप नेकपा एमालेको सर्वोच्च पदमा पुगेका छन् ।  संसदीय दलको चुनावमा अध्यक्ष झलनाथ खनाललाई हराएर विजयी सुरुवात गरेका ओलीले आफ्ना बलिया प्रतिद्वन्दी माधव नेपाललाई जिते पनि उनका सामु खडा भएका र हुने चुनौतीका पहाडलाई भने जित्न बाँकी छ ।

यो पनि पढ्नुस् 

केपी ओली : गरीब किसानदेखि एमाले अध्यक्षसम्म

अध्यक्ष पदमा पराजित नेपालले विजेता केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । पार्टीलाई एकतावद्ध बनाएर बुहदलीय जनवादको भावनाअनुरुप अघि बढाउने आग्रह गर्दै नेता नेपालले पार्टीमा राम्रो संकृति निर्माणका लागि आफू लागि पर्ने बताएका छन् ।

यो पनि पढ्नुस् 

माधव नेपालले दिए केपी ओलीलाई बधाइ !

त्यस्तै महासचिवमा ओली प्यानलका ईश्वर पोखरेल विजयी भएका छन् । कठिन प्रतिस्पर्धामा उनले माधव पक्षका सुरेन्द्र पाण्डेलाई मात्र ६ मतले पछि पारे । पोखरेलले १०३६ मत पाएका छन् भने पाण्डेले १०३० मत पाएका छन् ।

निवर्तमान अध्यक्ष झलनाथ खनालले अहिलेको निर्वाचन परिणाम आफूले सोचे जस्तै आएको खुलासा गरेका छन् । केपी ओलीले औपचारिक रुपमा आफूलाइ बिस्थापित गरेपछि मतगणनास्थलबाट बाहिरिएका खनालले यस्तो परिणाम आउछ भन्ने आफूले पहिलेनै आँकलन गरेको बताए ।

यो पनि पढ्नुस् 

यो परिणामबाट म सबैभन्दा खुसी छुः खनाल

निवर्तमान अध्यक्षबाट स्वतः बरिष्ठ नेता बनेका खनालले पदाधिकारीको परिणामले एमाले एकताबद्ध रहेको र आगामी दिनमा अझ एक भएर अघि बढ्छ भन्ने देखाएको बताए ।

उपाध्यक्षमा को-को ? 

त्यसैगरी उपाध्यक्षमा ओली प्यानलका वामदेव गौतम र विद्या भण्डारी विजयी भएका छन् भने नेपाल पक्षका भीम रावलसँगै अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली विजयी भएका छन् ।

एमालेको १४ सदस्यीय पदाधिकारीमा मधेसी नेताहरु बढारिएका छन् । दुबै प्यानलबाट उपाध्यक्षमा दुई र सचिवमा एक मधेसी उम्मेदवार बनाइएकामा सबैले पराजय व्यहोरेका छन् । उपाध्यक्षमा नेपाल प्यानलका उम्मेदार बनाइएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पराजित भए भने ओली पक्षका धर्मनाथ साहले पनि जितेनन् ।

यो पनि पढ्नुस् 

लालबाबुको पीआरविरोधी अभियान काम लागेन

उपमहासचिवमा दुबै प्यानलका एक एक जना विजयी भएका छन् । ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका घनश्याम भुसाल विजयी भएका छन् ।

सचिवमा पनि नेपाल पक्ष बढी

सचिवमा नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भएका छन् । ओली पक्षका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । नेकपा एमालेको पदाधिकारीमा सबैभन्दा लोकप्रिय नेताका रूपमा सचिवका उम्मेद्वार गोकर्ण विष्ट देखा परेका छन् । वामदेव गाैतमसमेत बढी मत ल्याउनेमा ‘टफ फाइभ’ मा परेका छन् ।

यो पनि पढ्नुस् 

एमाले पदाधिकारीमा सबैभन्दा लोकप्रिय गोकर्ण बिष्ट

समग्रमा १४ सदस्यीय पदाधिकारीमा नेपाल र ओली गुटका सात/सात जना भएका छन् । ध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र दुई सचिव ओली प्यानलका जितेका छन् भने तीन उपाध्यक्ष, एक उपमहासचिव र तीन सचिवमा नेपाल प्यानलका विजयी भएका छन् । 

UMLNew-final-mat

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment