+
+
Shares

दुर्इ पोका गाँजासहित पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते १३:४२

३१ असार काठमाडौं । पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पक्राऊ परेका छन् । पाँच दिनअघि नै पक्राउ परेका शाहका साथबाट दुई पोका गाँजासमेत थाई प्रहरीले बरामद गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

Paras Shahपूर्वयुवराजको गिरफ्तारी पाँच दिनअघि, १० जुलाइमा भएको हो । थाइल्याण्डस्थित नेपाली दूतावासले पारसको गिरफ्तारी पुष्टि गरेको छ । उनको गिरफ्तारीबारे त्यहाँ रहेको नेपाली दूतावासले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलाई सूचना दिइसकेको छ ।

क्रिमिनल कोर्टमा लगियो

दूतावास स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार पारसलाई थाई प्रहरीले बैंककस्थित डेबिट होटलमा बसिरहेको अवस्थामा राति पक्राउ गरेको हो । उनलाई हाल क्रिमिनल कोर्टमा लगिएको भनिए पनि कहाँ राखिएको छ भन्ने जानकारी प्रहरीले नगराएको दूतावास स्रोतले बतायो ।

पक्राउ परेका पारसका साथबाट दुर्इ पाेका गाँजा बरामद भएको बताइएको छ ।शाह बैंककको होटलबाट पक्राउ परे पनि उनी बैंकक बाहिर बस्दै आएका थिए । लामो समयदेखि  थाइल्याण्डमा बस्दै आएका शाह यसअघि पनि त्यहाँ पक्राऊ परेर छुटेका थिए । गम्भीर बिरामी भएर पुनर्जीवन पाएका उनी नेपाल आउने चर्चा भए पनि हालसम्म उतै बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?