Comments Add Comment

सामसुङको ग्यालेक्सी अल्फा अगष्टमा आउने

आफ्नो नेक्स्ट जेनेरेसन आइफोन -आइफोन सिक्स) बजारमा ल्याउने विषयलाई लिएर चर्चामा रहेको एप्पललाई टक्कर दिनेगरि प्रतिस्पर्धी कम्पनी सामसुङले नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ ।

galaxy

दक्षिण कोरियाको सूचना प्रविधि सम्बन्धि एक समाचार साइटका अनुसार सामसुङ कम्पनीले छिटै नयाँ ग्यालेक्सी स्मार्टफोन अल्फा बजारमा ल्याउँदैछ । मेटल बडीयुक्त उक्त स्मार्टफोन एप्पलको आइफोन सिक्स आउनु अगाडि नै बजारमा ल्याउने तयारी सामसुङको रहेको बताइएको छ ।

एप्पलको ठूलो स्त्रिmनवाला आइफोन बजारमा आउने हल्लाले टाउको दुखाइको विषय बनाएको सामसुङले मेटल बडी ग्याजेट बजारमा ल्याएसँगै एप्पललाई कडा टक्कर दिने अनुमान गरिएको छ । यसअघि सामसुङले निकट भविष्यमै ग्यालेक्सी एस फाइभ प्राइम वा ग्यालेक्सी एफ नामको स्मार्टफोन ल्याउने बताइएको भएपनि त्यसको नाम ग्यालेक्सी अल्फा रहने भएको हो ।

अगष्ट महिनामा ग्यालेक्सी अल्फा लञ्च गर्ने तयारी सामसुङको छ । यद्यपि यस बारेमा सामसुङले कुनै आधिकारिक जानकारी भने गराएको छैन । यो स्मार्टफोनमा टू के रिजोलुसन वा क्यू एच डी स्त्रिmन हुनेछ, जसमा फूल एचडी स्त्रिmन भन्दा पनि तिक्ष्ण डिस्प्ले रहनेछ । साथै उक्त स्मार्टफोनमा १६ मेगापिक्सेलको क्यामरा हुनेछ जसमा हल्लिँदा पनि फोटो स्पष्ट आउने ओआइएस प्रविधि रहनेछ ।

अझ महत्वपूर्ण त के भने नयाँ स्मार्टफोनमा अक्टा कोर प्रोसेसर हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment