+
+
Shares

नेताका नाममा रुट पर्मिट

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते ६:५९

४ साउन, गोरखा । सडकमा ‘सिन्डिकेट’ चलाउँदै आएका यातायात व्यवसायीले व्यवसायिक यातायात सञ्चालन अनुमति (रुट पर्मिट) नै राजनीतिक दलका नाममा भागबन्डा गरेका छन् ।

इातायात व्यवसायी समिति, गोरखाले बुधबार बैठक नै राखेर प्रमुख चार दलका स्थानीय पकडदार नेताका नाममा २० भन्दा बढी रुट पर्मिट बाँडेको नागरिक दैनिकमा खबर छ । व्यवसायीलाई पन्छाउँदै ‘व्यवसायीक मर्यादा विपरीत राजनीतिक दलका स्थानीय पकडदार नेताका नाममा रुट पर्मिट बाँडेकोमा सम्बद्ध व्यवसायी समितिप्रति रुष्ट छन् ।

स्रोतका अनुसार बैठकले कांग्रेस र एमाओवादीलाई १०, एमालेलाई ८ र नेकपा-माओवादीलाई २ वटा रुट पर्मिट दिएको छ । समितिकै एक पदाधिकारीका अनुसार कांग्रेसका क्षेत्रीय सभापति धीरन थापा, नगर सभापति राजनराज पन्त, एमाले सम्बद्ध युवा संघ जिल्ला अध्यक्ष वसन्त गुरुङ, एमाओवादी सम्बद्ध वाइसिएल जिल्ला अध्यक्ष रमेश पोखरेल, दिनेश तमु, नेकपा-माओवादीका दीपक बोहरालगायतका नाममा रुट बाँडिएको छ ।

जिल्लामा यातायात व्यवसायी समिति र पृथ्वी राजमार्ग बस सञ्चालक समितिबीच तीब्र प्रतिस्पर्धा छ । उनीहरुले नयाँ समिति दर्ता हुनै नदिने र जिल्ला ग्रामिण भेगका पक्की सडकमा पनि गाडि पुर्‍याउन एकले अर्कालाई थेकछुन गर्ने गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?