५ साउन काठमाडौं। नेपाल बंगलादेश (एनबी) बैंकको १९ औं वार्षिक साधारणसभाले बैंकको नाम परिवर्तनको प्रस्ताव पारित गरेको छ । अबदेखि बैंकको नाम एनआइएफआइसी बैंक रहने भएको छ । त्यसैगरी बैंकको साधारण सभाले १० प्रतिशत बोनस सेयर र ७.८९ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारित गरेको छ ।
बंगलादेशी साझेदार आइएफआइसी बैंकले एनबी समूहको स्वामित्वमा रहेको बहुमत सेयर खरिद गरेपछि बैंकको नाम र लोगो समेत परिवर्तन गर्ने निर्णय भएको थियो । एनबी समूहको स्वामित्वको सेयर खरीद गरेर बैंकमा ३८ प्रतिशत सेयर स्वामित्व पुर्याएको एनआइएफआइसी बैंकले थप सेयर खरीद गरेर ४८ प्रतिशत पुर्याने बताइएको छ । त्यस्तै, बैंकले आफ्ना ग्राहकहरुलाई बीमा अभिकर्ताको सेवा दिने, उपयुक्त संस्था पाएमा मर्जरमा जाने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4