बलिउडका चर्चित निर्देशक साजिद खानका सिनेमाले बक्स अफिसमा राम्रै व्यापार गरेका हुन्छन् । तर उनको सिनेमा खेल्ने कलाकारको असन्तुष्टी भने सधै नै देखिन्छ ।
केही समयअघि ‘हिम्मतवाला’ सिनेमा खेलेकोमा नायक अजय देवगण पछुताएका थिए । सिनेमाले बक्स अफिसमा धराशायी व्यापार गरेको थियो । यस्तै, साजिदले नै निर्देशन गरेको नयाँ चलचित्र ‘हमसकल’ खेलेर नायक सैफअली खान पनि पछुताएका छन् ।
उनले यो सिनेमा खेल्नु आफ्नो ठूलो भूल भएको जनाएका छन् । उनले कथा नसुन्दै आफूले सिनेमाका लागि हुन्छ भनेकाले फसेको जनाएका छन् । उनले अब आफूले यस्तो भूमिका नगर्ने समेत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4