+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सल्यानमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १६ गते ९:३८

१६ साउन, सल्यान । सल्यानमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप देखिएको छ । वर्षायाममा बढ्दो प्रदुषण, जथाभावी खानपान र मौषम परिवर्तनका कारण जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा ज्वरो, टाइपाइड तथा रुघाखोकीका विरामीको संख्यामा बृद्धि भएको पाइएको छ ।
दिनहुँ जसो रुघाखोकी लाग्ने, घाँटी दुख्ने, शरिरका जोर्नीहरु र जीउ दुख्ने, आँखा रातो हुने तथा ज्वरो आउने जस्ता लक्षण देखा परेका विरामीहरु उपचारको लागी स्वास्थ्य संस्थामा आउने गरेको कपुरकोटमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी स्वास्थ्यकर्मी प्रमीला सेनले जानकारी दिइन् ।
खानेपानी र खाने कुरामा ध्यान नदिदा भाइरल ज्वरो, टाइफाइड र रुघाखोकी हुने सम्भावना बढी हुने भएकाले यस प्रकारका रोगबाट बच्न बासि खानेकुरा नखान, पानी उमालेर मात्र पिउन, रुघाखोकी र ज्वरो आउँदा भिडभाडमा नजान तथा रुमालले मुख छोप्न स्वाथ्यकर्मीहरुले सल्लाह दिएका छन् ।
आराम गर्ने, गेडागुडिको रस र झोल पदार्थ धेरै पिउने गरेमा यी रोगहरुबाट जोगीन सकिने स्वास्थ्यकर्मी सेनको भनाइ छ ।
शंकर केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?