+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

सलमान भन्छन्-‘बलिउडका ‘किङ’ साहरुख नै’

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १८ गते ११:४६

srk-and-salman

लगातार ७ वटा सिनेमा सय करोड क्लबमा प्रवेश गरेपछि बलिउडका नायक सलमान खानको चर्चा चुलिएको छ । चर्चा यसरी चुलिएको छ कि, सलमान खानलाई बक्स अफिसका राजा समेत भन्न थालिएको छ ।

तर चलचित्र ‘किक’ सफल भएको खुशीयालीमा आयोजित एक कार्यक्रममा भने सलमानले बलिउडको राजा आफू नभएको बताएका छन् । उनले बलिउडमा ‘किङ’को रुपमा साहरुख खान रहेको भन्दै त्यो स्थान उनलाई नै सुहाउने बताए । सलमानले अहिले बलिउडमा आफ्नो स्थान कतै हराएको भन्दै साहरुख खान बलिउडको राजा भएको बताएका हुन् ।

यता बलिउडका नायक साहरुख खानले पनि सलमान र आफ्नो सम्बन्ध निक्कै नजिकको रहेको बताएका छन् । ‘सलमान र म साथी जस्तै छौ’, साहरुखले भने । उनी निक्कै मिलनसार रहेको साहरुखको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?