+
+
Shares

मोदीको ‘पब्लिक डिप्लोमेसी’

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १९ गते १२:३९

modi-walking-in-street-2

नेपालमा भारतको पब्लिक डिप्लोम्यासी निकै कमजोर छ । सीमामा हुने मिचाइ, आन्तरिक राजनीतिमा हुने हस्तक्षेपजस्ता कारणले ‘एन्टी इण्डियन सेन्टिमेन्ट’ जबर्जस्त छ ।

नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सूदले हालै एक लेखमा भारतले नेपाललाई यति धेरै सहयोग गरेको छ तर, एन्टी इण्डियन सेन्टिमेन्ट बढेको भन्दै व्यक्त गरेको चिन्ताले पनि यसलाई नै प्रष्ट पारेको छ ।

तर, नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक एवं राजनीतिकस्तरमा मात्र नभए जनस्तरमा समेत सम्वन्ध सुधारको प्रयास गरेका छन् । शक्तिशाली भारतका प्रधानमन्त्री मोदी कडा सुरक्षा घेरा तोड्दै सडकमा उत्रिए र चोक-चोकमा जम्मा भएका सार्वधारणसँग हात मिलाउने एवं अभिवादन साट्ने काम गरे ।

यो कहिल्यै नभएको त होइन । अनपेक्षित रुपमा मोदी सडकमा उत्रिएर जनतालाई भेट्न अनौठो नै हो । मोदी यो कदमलाई सम्वन्ध सुधारको प्रयासका रुपमा हेरिएको छ ।

‘यस्तो आमरुपमा कम देखिन्छ’ एमाले नेता एवं परराष्ट्र मामिलाका जानकार राजन भट्टराईले अनलाइनखबरसँग भने- ‘हात मिलाउँदैमा एन्टी एण्डियन सेन्टिमेन्ट घट्छ भन्ने त होइन तर, सकारात्मक सन्देश दिएको छ ।’ मोदीको संसदमा सम्बोधन र राजनीतिक भेटघाटले समेत नेपाल-भारतबीचमा रहेको विश्वासको संकट हटाउने सकारात्मक सन्देश दिएको उनको निष्कर्ष छ ।

मोदीले म नेपाली जनभावनाको कदर गर्छु भन्ने सन्देश पनि दिएका छन् भन्दै यसलाई जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्देशका रुपमा हेर्न सकिने परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

भारतका लागि पूर्वनेपाली राजदूत दुर्गेशमान सिंह मोदीले नेपाली सेन्टिमेन्टलाई सम्बोधन गर्न खोजेको बताए । ‘बेलाबेला भारतीय मिडियामा अनेक कुरा आउँथे तर, संसदमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्नुभयो, जीतबहादुरलाई परिवारलाई भेटाउनुभयो’ सिंहले अनलाइनखबरसँग भने-‘यो निकै सिम्बोलिक छ । नेपालीको सेन्टिमेन्टलाई छुने प्रयास गर्नु भएको छ ।’ मोदीले नेपालीमा रहेको ‘इरिटेन्ट’लाई हटाउने प्रयास गरेको उनले बताए ।

उसो त मोदीले संसदमा गरेको सम्बोधनमा पनि सभासदहरुले निकै ताली बजाए । बुद्ध नेपालमा जन्मिएका हुन् भन्दा धेरै ताली बजेको थियो । उनले करिव ४५ मिनेट सम्बोधनका क्रममा ९ पटक नेपाललाई बुद्ध जन्मिएको भूमि भनेका थिए ।

मोदीले  नेपाल सार्वभौमसम्पन्न मुलुक हो, युद्धको बाटो छाडेर वुद्धको मार्गमा आएको र यो सफल भए विश्वलाई सन्देश जाने भन्दा सभासदहरुले ढ्याप ढ्याप गरेर ताली बजाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?