Comments Add Comment

गोरखामा जिप दुर्घटना, एकको मृत्यु

२२ साउन, गोरखा । गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० यात्रु घाइते भएका छन् ।

बाह्र किलोबाट गोरखाको भच्चेक जाँदै गरेको ग १ च ९२६२ नं को जिप गोरखाको १२ किलोस्थित लामागाउँ नजिकै बिहीवार जिप दुर्घटना हुँदा हर्मी-३ सापकोटा गाउँकी समुद्रा देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर रहेका आठ जनालाई गोरखा जिल्ला अस्प्ातालले सामान्य उपचारपछि चितवन मेडिकल कलेज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment