Comments Add Comment

बन्दका बेला मोटरसाइकलवालाको कमाइ राम्रो

२५ साउन, झापा । पाँच दिनदेखि बन्द मेची अञ्चलमा सार्वजनिक यातायात ठप्प भएपछि मोटरसाइकलधनीले मालामाल हुने गरी काम पाएका छन् ।
बाटामा अलपत्र परेका बटुवा तथा अत्यावश्यक कामका लागि नपुगी नहुने सर्वसाधारणका लागि मोटरसाइकलवालाले महँगो भाडा लिएर गन्तव्यमा पुर्‍याउने गरेका छन् ।
motor-cycleयही साउन २२ गते लामो दूरीको बस सञ्चालनको औपचारिक उद्घाटन गरी उज्यालो यातायातले सवारी चलाउने भएपछि त्यसै दिनदेखि मेची यातायात सङ्घले अनिश्चितकालीन बन्दको घोषणा गरेको हो ।
बन्दका बाबजुद पनि उज्यालो यातायातले प्रहरी निगरानीमा लामो दूरीका गाडी सञ्चालन गर्दै आएको छ भने छोटो दूरीको सवारी ठप्प प्राय छ । यसैको फाइदा उठाई मोटरसाइकल चालकले सार्वजनिक सवारीको भूमिका निर्वाह गर्न थालेका हुन् ।
शनिश्चरेदेखि विर्तामोड पाँच किलोमिटरको भाडा दर ५० रुपैयाँ लिएको एक यात्रुले बताए । त्यसैगरी उनीहरूले काँकरभिट्टादेखि धरान तथा विराटनगरसम्म दुई हजार ५ सयदेखि तीन हजारसम्म लिने गरेका छन् ।
त्यस्तै दमकसम्मको ५ सय सम्म भाडा लिन्छन् । मोटरसाइकलधनीको स्वविवेक र यात्रुको मोलाइमा भर पर्ने भएकाले भाडाको कुनै निश्चित दर भने छैन ।

देशभरि सिन्डिकेट प्रणाली खारेज भए पनि मेची अञ्चलमा मेची यातायातको एकलौटी सिन्डिकेट प्रणालीका विरुद्धमा उज्यालो यातायात सञ्चालनका कारण भएको बन्द राजनीतिक दलको विभाजित मानसिकताले अझै केही दिन लम्बिने सम्भावना छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment