Comments Add Comment

एनसेलले सुरु गर्‍यो म्यानमारमा रोमिङ सेवा

२७ साउन, काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले म्यानमारमा पनि रोमिङ सेवा सुरुवात गरेको छ । आफ्ना ग्राहकहरु विदेश यात्रामा जाँदा परिवार, साथीभाई तथा व्यवसायसँग सम्पर्कमा रहन सकुन भनेर म्यानमारमा रोमिङ सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।

Ncell-Towerपछिल्लो समय कम्पनीले विभिन्न देशहरुमा आफ्नो रोमिङ सेवा विस्तार गरिरहेको छ । एनसेलले सयभन्दा बढी मुलुकमा ३ सय २५ अपरेटरमार्फत रोमिङ सुविधा प्रदान गर्दै आएको छ ।

म्यानमारका लागि रोमिङ सेवा साउन २७ गतेबाट सुरु भएको कम्पनीले जानकारी दिएको छ । अब एनसेलका पोष्टपेड ग्राहकहरुले म्यानमार जाँदा पनि भ्वाइस तथा एसएमएस सेवा प्राप्त गर्न सक्नेछन् ।

डेटा रोमिङ सेवा पनि चाँडै सुचारु गर्न लागेको एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले बताइन् । नयाँ रोमिङ सेवाको शुरुवातसँगै एनसेल म्यानमार पोष्टस् तथा टेलिकम्युनिकेसन्ससँग अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्रदान गर्ने पहिलो कम्पनी भएको छ ।

‘म्यानमारसँग नेपालीहरुको पुरानो सम्बन्ध छ । यस्तोमा हाम्रा ग्राहकहरुलाई घर-परिवार, सााथी-भाई तथा व्यावसायसँग सम्पर्कमा राखिरहन सकुन भनेर हामीले रोमिङ सेवा सुरु गरेका हौं । यसले म्यानमार गइरहने हाम्रा ग्राहकलाई लाभ प्रदान गर्ने विश्वास छ’ कोइरालाले थपिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment